सिन्धुपाल्चोकको चौतारामा नेपाल बैंकको डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले नेपाल बैक लिमिटेड चौतारा शाखाको सहकार्यमा ‘डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न गरिएको छ ।
शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नम्बर ५ का अध्यक्ष नरमान श्रेष्ठको सभापतित्वमा सम्पन्न सो वित्तीय साक्षरता कार्यक्रमको उद्घाटन बाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काले गरेका थिए ।
नेपाल बैंकले आम जनताका वित्तीय आवश्यकताहरुलाई प्राथमिकतामा राखि बिभिन्न कार्यक्रमहरु संचालन गरिरहेको जानकारी गराउँदै त्यस क्षेत्रका सर्वसाधारणले देखाएको अपार विश्वास प्रति कृतज्ञता प्रकट गर्दै गुणस्तरीय बैकिङ्ग सेवा सुविधाहरु प्रयोग गरि लाभान्वित हुन सबैमा आग्रह गरेको छ ।
उक्त कार्यक्रममा नेपाल बैंकका मार्केटिङ तथा रिसर्च डिभिजन प्रमुख अर्जुन बहादुर कँडेलले वित्तीय साक्षरताको आवश्यकता एवं महत्वको बारेमा प्रकाश गरेका थिए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख अमानसिं तामाङ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्का, सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण