बैंकहरुको कर्जा/निक्षेप समान २ अर्बले बढ्यो
चैतको दोस्रो साता बैंकहरुको कर्जा र निक्षेप समान २/२ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार गत चैत ४ गतेदेखि ११ गतेसम्म २७ वटा वाणिज्य बैंकहरुले २ अर्बले निक्षेप संकलन गर्दै सोही दरमा कर्जा लगानी गरेका हुन् ।
यस्तो तथ्याङ्क अघिल्लो हप्ता अर्थात् गत फागुन २७ गतेदेखि चैत ४ गतेसम्म बैंकहरुले २ अर्ब रुपैयाँले नै निक्षेप संकलन गर्दै एक अर्ब रुपैयाँ मात्र लगानी गरेका थिए । बजारमा तरलता अभावको चाप बढेसँगै बैंकहरुले कर्जा लगानीमा कडाई गर्दा अघिल्लो हप्ताको तुलनामा सो हप्ता लगानी केही घट्न पुगेको थियो । तर, पछिल्लो हप्ता लगानीमा केही खुकुलो नीति लिएसँगै पुनः बैंकहरुको कर्जा लगानी बढेको छ ।
बैंकर्स संघका अनुसार पछिल्लो हप्ता अर्थात् चैत ४ गतेदेखि ११ गतेसम्ममा २७ वटा वाणिज्य बैंकहरुले २ अर्ब रुपैयाँले कर्जा लगानी बढाउँदै कुल ४१ खर्ब ७० अर्ब रुपैयाँ लगानी गरेका छन् ।
अघिल्लो हप्ता अर्थात् फागुन २७ गतेदेखि चैत ४ गतेसम्म बैंकहरुले एक अर्बले कर्जा लगानी घटाउँदै कुल ४१ खर्ब ६८ अर्ब रुपैयाँ लगानी गरेका थिए ।
यता निक्षेपतर्फ भने समीक्षा अवधिमा २७ वाणिज्य बैंकहरुले २ अर्बले वृद्धि गर्दै कुल ४३ खर्ब ३० अर्ब रुपैयाँ संकलन गरेका छन् । अघिल्लो हप्ता यस्तो निक्षेप बैंकहरुले २ अर्बले वृद्धि गर्दै कुल ४३ खर्ब २८ अर्ब रुपैयाँ संकलन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण