बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

जब युक्रेनका पत्रकारले विल स्मिथलाई चुम्बन गर्ने कोसिस गरे, अभिनेताले हानेका थिए थप्पड

सोमबार, १४ चैत २०७८, १४ : ५५
सोमबार, १४ चैत २०७८

२०२२ को ओस्कारमा हास्यकलाकार क्रिस रकलाई मुक्का हानेर हलिउड अभिनेता विल स्मिथ आज चर्चाको विषय बनेका छन् । विलले आफ्नी श्रीमती जेडा पिंकेट स्मिथको मजाक उडाएका कारण क्रिसलाई लाइभ कार्यक्रममा नै मुक्का हानेपछि कार्यक्रममा एकछिन सन्नाटा छाएको थियो । विल स्मिथले सार्वजनिक स्थलमा कसैलाई मुक्का हानेको यो पहिलो घटना होइन । सन् २०१२ मा उनले एक रिपोर्टमाथि पनि हात उठाएका थिए ।

जब रिपोर्टरले विललाई गरे चुम्बनः

यो कुरा त्यतिबेलाको हो जब विल स्मिथ आफ्नो फिल्म ‘मेन इन ब्ल्याक थ्री’ को प्रिमियिरमा गएका थिए । रेड कार्पेटमा मिडियासँग कुरा गर्र्दै र पापाराजीका लागि पोज दिँदै गर्दा एक व्यक्ति स्मिथको अगाडि आए जसले उनलाई चुम्बन गर्ने कोसिस गरेका थिए । यो कुराले रिसाएका विलले व्यक्तिलाई धक्का दिए र त्यसपछि चड्कन हाने ।

पछि विलले टक शो द लेट शो विद डेभिड लेटरम्यानमा यो कुराको स्पष्टिकरण पनि दिएका थिए । सिबिएसन्युजका अनुसार ‘मेन इन ब्ल्याक थ्री’ को प्रिमियर त्यतिबेला रुसको मस्कोमा भएको थियो । सन् २०१२ को सेप्टेम्बरमा आयोजित भेनिस फिल्म फेस्टिबलमा युक्रेनको टेलिभिजन च्यानल  1+1 का रिपोर्टर भिताली सेदुइनकले उनलाई जबर्जस्ती चुम्बन गर्ने कोसिस गरेका थिए । भितालीले पछि माफी पनि मागेका थिए ।

‘कमन म्यान, तिम्रो समस्या के हो साथी ?’ स्मिथले भितालीलाई धकेल्दै भनेका थिए । त्यसपछि उनले उल्टो हातले थप्पड हाने ।

 


‘उनी भाग्यमानी रहेछन् कि मैले उनलाई मुक्का हानिनँ,’ स्मिथले त्यतिबेला उपस्थित भीड र पत्रकार सामू भने । ‘ओहो, मैले यी सब क्यामरामा भनेँ ! यो राम्रै कुरा हो ।’

स्मिथका अनुसार भितालीले उनलाई मुखमा चुम्बन गरेका थिए । तर रिपोर्टरले यस्तै गर्न थिए कि वा गालामा चुम्बन गर्न खोज्दा मुन्टो घुमाउँदा ओठमा पर्न गएको हो भन्नेबारे स्पष्ट हुन सकेको थिएन ।

 भितालीलाई उनको प्र्याङ्कका लागि पनि चिनिन्छ । उनले विल स्मिथसँग यस्तो व्यवहार गरेकोमा हिप हलिउडसँग एउटा भिडियो बनाएर माफी पनि मागेका थिए । यद्यपि, उनले पछि पनि आफ्नो यस्तो हर्कत जारी राखेका थिए । भितालीले किम कार्दासिया, जीजी हदिद र ब्राड पिटसँग पनि यस्तै मजाक गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप