स्थानीय तह निर्वाचन : काठमाडौमा सबैभन्दा धेरै ४६ वटा राजनीतिक दल
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा काठमाडौ जिल्लाबाट सवैभन्दा धेरै दलका उम्मेदवारले भाग लिने भएका छन् । काठमाडौं जिल्लाबाट राष्ट्रिय मान्यताप्राप्त ६ दलसहित सहित ४६ वटा दलले आफ्नै चुनाव चिन्हबाट उम्मेदवारी दिन पाउने भएका छन् । त्यस्तै सबैभन्दा कम मनाङ, मुस्ताङ र डोल्पामा राष्ट्रिय ६ सहित ११ वटा दलले स्थानीय चुनावमा आफ्नै चिन्हमा निर्वाचन लड्न पाउनेछन् ।
निर्वाचन आयोगले सोमबार गरेको नियमित प्रेस मिटमा राष्ट्रिय मान्यता प्राप्त ६ वटा दलबाहेक निर्वाचन प्रयोजनका लागि विभिन्न जिल्लामा दर्ता भएका साना दलहरूले पनि आफ्नै निर्वाचन चिन्हमा चुनाव लड्न पाउने आयोगको निर्णय र ती दलहरूको संख्याबारे जानकारी गराएको हो । अब देशभर ७९ वटा राजनीतिक दलहरुले आफ्नै चुनाव चिन्हमा उम्मेदवारलाई उठाउन पाउने भएका छन् ।
निर्वाचन आयोगले उक्त निर्वाचनका लागि १० हजार ७६५ मतदान केन्द्र र ११ हजार ९५५ मतदानस्थल कायम गरेको पनि जनाएको छ । निर्वाचन प्रयोजनका लागि आयोगले सबै जिल्लामा चैत १६ देखि कल सेन्टर स्थापना गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण