बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तह निर्वाचन : काठमाडौमा सबैभन्दा धेरै ४६ वटा राजनीतिक दल

सोमबार, १४ चैत २०७८, १६ : ४५
सोमबार, १४ चैत २०७८

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा काठमाडौ जिल्लाबाट सवैभन्दा धेरै दलका उम्मेदवारले भाग लिने भएका छन् ।  काठमाडौं जिल्लाबाट राष्ट्रिय मान्यताप्राप्त ६ दलसहित सहित ४६ वटा दलले आफ्नै चुनाव चिन्हबाट उम्मेदवारी दिन पाउने भएका छन् । त्यस्तै सबैभन्दा कम मनाङ, मुस्ताङ र डोल्पामा राष्ट्रिय ६ सहित ११ वटा दलले स्थानीय चुनावमा आफ्नै चिन्हमा निर्वाचन लड्न पाउनेछन् । 

निर्वाचन आयोगले सोमबार गरेको नियमित प्रेस मिटमा राष्ट्रिय मान्यता प्राप्त ६ वटा दलबाहेक निर्वाचन प्रयोजनका लागि विभिन्न जिल्लामा दर्ता भएका साना दलहरूले पनि आफ्नै निर्वाचन चिन्हमा चुनाव लड्न पाउने आयोगको निर्णय र ती दलहरूको संख्याबारे जानकारी गराएको हो । अब देशभर ७९ वटा राजनीतिक दलहरुले आफ्नै चुनाव चिन्हमा उम्मेदवारलाई उठाउन पाउने भएका छन् ।  

निर्वाचन आयोगले उक्त निर्वाचनका लागि १० हजार ७६५ मतदान केन्द्र र ११ हजार ९५५ मतदानस्थल कायम गरेको पनि जनाएको छ । निर्वाचन प्रयोजनका लागि आयोगले सबै जिल्लामा चैत १६ देखि कल सेन्टर स्थापना गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप