प्रहरीका ३६ जना डीएसपीको सरुवा (सूचीसहित)
नेपाल प्रहरीका ३६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सोमबार डीएसपीहरुको सरुवा गरेका हुन् । प्रधानमन्त्री पत्नी आरजु देउवा निकट भनेर चिनिएका डीएसपी ऐनबहादुर मल्ललाई ईलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा सरुवा गरिएको छ । ईलाका प्रहरी कार्यालय लहान, सिराहामा कुमार मैनालीलाई सरुवा गरिएको छ ।
ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा ज्ञानकुमार महतो, झापास्थित इलाका प्रहरी कार्यालय दमकमा दिलीपकुमार गिरी, पोखरास्थित वडा प्रहरी कार्यालय बैदाममा युवराज भण्डारी र चितवनको ईलाका प्रहरी कार्यालय टाँडीमा रविनबावु रेग्मीलाई सरुवा गरिएको छ ।
ईलाका प्रहरी कार्यालय बर्दिबासमा रवि रावल र ईलाका प्रहरी कार्यालय अनारमनी झापामा रुगमबहादुर कुँवरलाई पठाइएको छ । महानगरीय प्रहरी वृत जनसेवामा शालिग्राम शर्मालाई सरुवा गरिएको छ । सन्तुलाल प्रसाद जैसवारलाई रौतहटस्थित ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर र भक्तपुरस्थित महानगरीय प्रहरी वृत थिमीमा डिएसपी हरिनन्दन चौधरीलाई सरुवा गरिएको छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण