सुमोनाले छोडिन् कपिल शर्मा शो ? नयाँ शोको प्रोमोले गरिरहेको छ इशारा
कपिल शर्मा शोकी चर्चित पात्र मध्येकी एक सुमोना चक्रवर्तीले कपिल शर्मा शो छोडेकी हुन् कि भन्ने हल्ला चलेको छ । एक भारतीय सञ्चार माध्यमले यो कुरा बताएको छ ।
वास्तवमा सुमोनाको नयाँ शोको प्रोमो सार्वजनिक भएपछि उनले आफूले प्रस्तुती दिँदै आएको द कपिल शो छोडेकी हुन् कि भन्ने चर्चा चल्न थालेको हो । आफ्नो कमेडीमार्फत् मानिसलाई हसाउने सुमोना एक बंगाली शोमा देखिने भएकी छिन् ।
जिजेस्टको आधिकारिक इन्स्टाग्राम अकाउन्टमा सुमोना चटर्जीको नयाँ शोको प्रोमो सेयर गरिएको छ । जिजेस्टको आउँदो शोको नाम शोना बंगाल हो जसमा सुमोनालाई बंगालको सुन्दरता एक्सप्लोर गरिरहेको देख्न सकिन्छ ।
शोना बंगाल मार्च ३० तारिखमा बुधबार राती ८ बजे जीजेस्टमा प्रशारण हुँदैछ । यहि प्रोमोलाई आधार मानेर नै उनले कपिल शर्मा शो छोडिसकेकी छिन् भन्ने खबर सार्वजनिक भएको हो । अहिलेसम्म यसबारे सुमोना र कपिल शर्माको तर्फबाट कुनै आधिकारिक बयान भने आइसकेको छैन । तर उनले एकैपटक दुईवटा प्रोजेक्टमा पनि काम गरेको पनि हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण