लुम्बिनी प्रादेशिक अस्पतालको टेण्डर प्रकरण : कारबाहीमा पर्ने भएपछि सीईओको राजीनामा
पदको दुरुपयोग गरेको निष्कर्षसहित लुम्बिनी प्रदेश सरकारले कारबाहीको तयारी गरिरहेको बेलामा लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेले राजीनामा दिएका छन् ।
लुम्बिनी प्रदेश सरकारकै गौरवको आयोजना मानिएको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि आह्वान गरिएको टेण्डर विवादित भएपछि रद्द गरिएको थियो । लगत्तै प्रदेश प्राधिकरण आयोजनाका कार्यकारी निर्देशक घिमिरेले राजीनामा दिएका हुन् । उनले चैत १३ गते दिउँसो प्रेस नोट लेखेर राजीनामाको जानकारी दिएका हुन् ।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला सञ्चार मन्त्री तिलकराम शर्माले लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का निकाल्ने, टेण्डरको प्राविधिक रूपले जाँचबुझ गर्ने जिम्मेवारी सीईओकै भएको बताउँदै त्यसमा प्राविधिक रूपमा त्रुटि पाइएपछि रद्द गर्ने र अगाडि बढ्न आदेश दिइएको स्मरण गराए । घिमिरेले टेन्डर प्रक्रियामै त्रुटि गरेकाले उनीमाथि सरकारले कारबाहीको तयारी गरेका बेला आफू चोखो बन्नका लागि राजीनामा दिएको मन्त्री शर्माको भनाइ छ ।
घिमिरेले आफ्नो पदीय हैसियत भुलेर आर्थिक रूपमा बार्गेनिङ गर्ने, सरकारको नाम जोडेर कमिसन नपाएसम्म काम अगाडि नबढाउने लगायतको काम गरेको मन्त्री शर्माले बताए । उता प्रेस विज्ञप्ति जारी गरेर राजीनामाको घोषणा गरेका घिमिरे भने सम्पर्कमा आएका छैनन् । रातोपाटीले उनको प्रतिक्रिया लिन पटक पटक फोन गरे पनि मोबाइल ‘अफ’ भएकाले सम्पर्क हुन सकेन ।
भवन निर्माणका लागि आह्वान गरिएको ठेक्का कुनै दुई कम्पनीमात्र छनोट गर्ने गरी स्पेसिफिकेसन तयार गरेर प्रक्रियामै सेटिङ गरेको रहस्य बाहिर आएसँगै प्रदेश पूर्वाधार विकास प्राधिकरणले टेण्डर रद्द गरेको जनाएको छ । करिब ७ अर्ब रुपैयाँ लागतमा बन्ने बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि गरिएको टेन्डर सोमबार नै रद्द गरिएको प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण