मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

इटहरीमा बम विष्फोट, दुई वटा भूमिगत संगठनको पर्चा फेला

मङ्गलबार, १५ चैत २०७८, १० : ४३
मङ्गलबार, १५ चैत २०७८

 सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर–२ मा बम विष्फोट भएको छ । वडा नम्बर–२ स्थित नव जागृति टोलमा रहेको अमित श्रेष्ठको घरमा डेरामा बस्ने रविन थापाको घरमा विष्फोट भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले रातोपाटीलाई बताए ।

बम विष्फोटमा परेर डेरावाला २२ वर्षीय रविन थापा र उनका साथी लमजुङ घर भएका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् । रविनको विराटनगर स्थित आँखा अस्पताल र शेरजंगको धरान स्थित घोपा अस्पतालमा उपचार भइरहेको छ ।

विष्फोट भएको ठाउँमा ‘कफन अवधारणा’ र  हिमाल सुरक्षा परिषद्को पर्चा फेला परेको डिएसपी खड्काले बताए । उनले भने–‘घटनाबारे अनुसन्धान गर्दै छौं ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप