इटहरीमा बम विष्फोट, दुई वटा भूमिगत संगठनको पर्चा फेला
मङ्गलबार, १५ चैत २०७८, १० : ४३
सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर–२ मा बम विष्फोट भएको छ । वडा नम्बर–२ स्थित नव जागृति टोलमा रहेको अमित श्रेष्ठको घरमा डेरामा बस्ने रविन थापाको घरमा विष्फोट भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले रातोपाटीलाई बताए ।
बम विष्फोटमा परेर डेरावाला २२ वर्षीय रविन थापा र उनका साथी लमजुङ घर भएका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् । रविनको विराटनगर स्थित आँखा अस्पताल र शेरजंगको धरान स्थित घोपा अस्पतालमा उपचार भइरहेको छ ।
विष्फोट भएको ठाउँमा ‘कफन अवधारणा’ र हिमाल सुरक्षा परिषद्को पर्चा फेला परेको डिएसपी खड्काले बताए । उनले भने–‘घटनाबारे अनुसन्धान गर्दै छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण