चोभार सुख्खा बन्दरगाहले पायो एलसीको अनुमति
उपत्यकाभित्रकै पहिलो सुख्खा बन्दरगाह ‘चोभार ड्राइपोर्ट’ ले प्रतीतपत्र (एलसी)को अनुमति पाएको छ । हालैमात्र निर्माण कार्य सम्पन्न भई सरकारबाट सञ्चालनको अनुमति समेत पाइसकेको बन्दरगाहबाट अब व्यवसायिक रुपमा मालसामान भन्सारीकरण गर्ने गरी अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले एलसी जारी गर्न पाउने भएका हुन् ।
मंगलबार राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७८ संशोधन गर्दै यस्तो निर्देशन जारी गरेको हो । सो व्यवस्थामा बैंकले अन्तर्राष्ट्रिय व्यापारका लागि जारी हुने प्रतीतपत्रमा प्रचलित व्यवस्था बमोजिम अब चोभारको सुख्खा बन्दरगाह भन्सार कार्यालय नाका हुने गरी समेत जारी गर्न सकिने बताएको छ ।
यस्तो सुविधा मेची, विराटनगर, वीरगञ्ज, सुख्खा बन्दरगाह सिर्सिया र भैरहवा भन्सार कार्यालयबाट पैठारी गर्ने गरी प्रतीतपत्र जारी भैसकेका मालवस्तुको समेत पैठारीकर्ताको माग भएमा प्रचलित व्यवस्थाबमोजिम चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयको नाममा भन्सार विन्दु परिवर्तन गर्न समेत सकिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण