आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

मुगुमा लोकसेवा आयोगको कार्यालय स्थापना गर्न जोड

मङ्गलबार, १५ चैत २०७८, १४ : ४५
मङ्गलबार, १५ चैत २०७८

प्रदेश लोकसेवा आयोग सुर्खेतअन्तर्गत रहने गरी हिमाली जिल्ला मुगुमा पनि कार्यालय स्थापना गर्न सर्वसाधारणले माग गरेका छन् । 

प्रदेश लोकसेवा आयोगको भूमिकामाथि अन्तरक्रिया गर्न मंगलबार आयोजित कार्यक्रमका सहभागीहरूले कर्णालीका जुम्ला, हुम्ला, डोल्पामा आयोगको कार्यालय स्थापना भए पनि मुगुमा नभएकोमा दुखेसो गरे ।  

मुगुमा आयोगको कार्यालय नहुँदा यहाँका नागरिक हजारौं खर्चेर बाहिरी जिल्ला जानु पर्ने अवस्था रहेको उनीहरूको भनाइ छ । यही कारण मुगुमै आयोगको कार्यालय स्थापना भए नागरिकलाई राहत हुने प्रमुख जिल्ला अधिकार रोमबहादुर महतले बताए । उनका अनुसार अन्य जिल्लाभन्दा मुगुमा निजामती कर्मचारी रहेको र मुगुमा निजामती कर्मचारी बढाउन पनि आयोग कार्यालय स्थापना गर्नु पर्ने बताए ।  

कार्यक्रममा प्रदेश लोकसेवा आयोगका सचिव भुपेन्द्र थापाले संघको आयोगले हुम्ला र डोल्पामा परीक्षा केन्द्र राख्ने हुँदा कार्यालय पनि खुलेको बताए । सचिव थापाले भने, 'प्रदेश लोकसेवा आयोग ऐन २०७५ कर्णालीका सबै जिल्लामा कार्यालय स्थापना गर्नेगरी बाटो खोलेको छ ।'  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप