आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बेँसीसहर–चामे सडकखण्ड आजदेखि सञ्चालन

मङ्गलबार, १५ चैत २०७८, १६ : ५७
मङ्गलबार, १५ चैत २०७८

लमजुङ र मनाङ जोड्ने डुम्रे–बेँसीसहर–चामे सडकखण्ड आजदेखि सञ्चालनमा ल्याइएको छ । सडक निर्माण लागि गत फागुन २० देखि बन्द रहेको सडक २५ दिनपछि आज पूर्णरुपमा खुलाइएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । सडकखण्डको तिमाङ छहरामा रहेको काठेपुल जीर्ण भएकाले कलभर्ट निर्माण गरिएको छ । कलभर्टको  ढलान पूर्णरुपमा ‘सेट’ नभएका कारण गत फागुन २० गतेदेखि सडक बन्द थियो । 

पैदल यात्रुबाहेक सवारी साधनका लागि सडक बन्द गरिएको थियो । जिल्लाको नासो गाउँपालिका–९ स्थित तिमाङ छहराको दुई ठाउँमा कलभर्ट निर्माण गरिएको छ । यहाँ गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो । पछि पुनः काठेपुल राखेर यातायात सञ्चालनमा गरिएकामा गत कात्तिकमा आएको बाढी पहिराले काठेपुलसमेत बगाएको थियो । 

त्यसपछि राखिएको काठेपुल जीर्ण हुँदै गएको र आगामी बर्खायाममा फेरि समस्या उत्पन्न हुने भएकाले व्यवस्थित गर्न ढलानसहितको स्ल्याब कलभर्ट निर्माण गरिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप