'पेट्रोलियम गाडी आयात रोकौं, बिजुलीमा एक प्रतिशत मात्र भन्सार लगाउँ'
पेट्रोलियम गाडीको प्रतिस्थापन र विद्युतीय गाडी प्रयोगलाई प्रोत्साहन गर्ने गरि आगामी आर्थिक वर्षको बजेट ल्याउन सरोकारवाला पक्षले अर्थमन्त्री जनार्दन शर्मालाई सुझाव दिएका छन् । मंगलबार राजधानीमा आयोजित मुलुकको वर्तमान आर्थिक अवस्था र आगामी आर्थिक वर्षको बजेटको सन्दर्भमा वृहत् छलफल कार्यक्रममा बोल्दै अर्थविद् केशव आचार्यले यस्तो सुझाव दिएका हुन् ।
'केही वर्ष पेट्रोलियम गाडी आयात रोकौं र विजुली गाडीको आयातमा एक प्रतिशत मात्र भन्सार लगाउँ । यसले मुलुकको अर्थतन्त्र थप कमजोर हुनबाट रोक्छ' अर्थविद् आचार्यले भने । अहिले मुलुकमा बढ्दो तरलता अभावका बीच थप रूस र युक्रेनको तनावले अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेकोमा सोबाट पाठ सिक्दै नेपालले अब पेट्रोलियम पदार्थको खपत कम गर्ने नीति लिनुपर्ने उनले बताए । 'अहिले हामीले जुन परिणाममा पेट्रोलियम पदार्थको खपत गरिरहेका छौं सोको २५ प्रतिशत मात्र कटौती गर्ने हो भनेपनि महिनामा १०-१२ अर्ब रुपैयाँ बचत हुने देखिन्छ ।
'अब हामीले गम्भीर भएर सोच्नुपर्ने बेला भइसकेको छ' आचार्यले भने, 'अघिल्लो सरकारले उल्टो विद्युतीय गाडीमा भन्सार शुल्क बढाएर चक्लेट लगायतका वस्तुमा भन्सार शुल्क घाटायो, यस्तो गल्ती यो सरकारले नगरोस्' आचार्यले सुझाव दिए । सोही अवसरमा आचार्यले राष्ट्रिय गौरवको नाममा मनलाग्दी परियोजना छनोट गर्ने र मकै छरेको जसरी बजेट नबढ्न समेत सरकारलाई सुझाव दिए । संघलाई मात्र नभएर, प्रदेश र स्थानीय तहलाई पनि सक्षम बनाउनु पर्ने र सोही बमोजिम विकासका कार्यमा सरिक गराउनुपर्ने उनको धारणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण