ब्राजिलको सहज जित, अर्जेन्टिना रोकियो
फिफा विश्वकप कतार–२०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सहज जित निकालेको छ । बुधबार बिहान भएको खेलमा ब्राजिलले बोलोभियालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
बोलोभियाको मैदानमा ब्राजिललाई जित दिलाउन रिचार्लीसनले दुई तथा लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले एक–एक गोल गरे ।
खेलको २४औं मिनेटमा लुकास पाक्वेटाको गोलबाट ब्राजिलले अग्रता बनायो । ४५औं मिनेटमा रिचार्लीसनले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । ६६औं मिनेटमा लुकास पाक्वेटाको पासमा गुइमारेसले गोल गर्दा ब्राजिलले खेलमा ३–० को अग्रता बनायो ।
खेलको इन्ज्युरी समयमा रिचार्लीसनले व्यक्तिगत दोस्रो गर्दै टिमलाई ४–० गोलको जित दिलाए ।
आज नै भएको अर्काे खेलमा अर्जेन्टिनाले इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको छ । ब्राजिल र अर्जेन्टिना छनोट खेलमा अपराजित छन् । दुई टोलीबीचको अन्तिम खेल भने स्थगित छ ।
जितसँगै शीर्षस्थानमा रहेको अपराजित ब्राजिलको १७ खेलबाट ४५ अंक जोडेको छ । पराजित बोलिभिया १८ खेलबाट १५ अंक जोडेर नवौं स्थानमा रह्यो ।
यता बराबरी खेलेको अर्जेन्टिना १७ खेलबाट ३९ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । इक्वेडर छनोटमा शीर्ष चारमा रहेर विश्वकपमा स्थान बनाउन सफल भएको छ । इक्वेडरले १८ खेलबाट २६ अंक जोड्दै छनोटमा चौथो स्थान कायम गरेको छ ।
त्यस्तै बुधबार नै अभएको अर्काे खेलमा चिलीले उरुग्वेलाई २–० गोलले हराउँदा पेरुले पाराग्वेलाई २–० गोलले हरायो । यता भेनेजुएला कोलम्बियासँग १–० गोलले पराजित भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण