तालमा डुबेर युवकको मृत्यु
बुधबार, १६ चैत २०७८, २० : २८
बेलडाँडी गाउँपालिका कुण्डाका अन्दाजी २७ वर्षीय गणेश साउदको तालमा डुबेर बुधबार मृत्यु भएको छ । महेन्द्रनगरको बस पार्कस्थित होटलमा काम गर्दै आएका साउद वनभोज खान भीमदत्त नगरपालिका–९ स्थित कालिताल झरनामा गएका बेला नुहाउने क्रममा तालमा डुबेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार तालमा डुबेका साउदलाई तत्कालै उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा ल्याउनेक्रमा मृत्यु भएको हो । साउदसँगै होटलका अन्य कामदारसमेत वनभोज खानका लागि कालिताल झर्ना क्षेत्रमा गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण