तालमा डुबेर युवकको मृत्यु
बुधबार, १६ चैत २०७८, २० : २८
बेलडाँडी गाउँपालिका कुण्डाका अन्दाजी २७ वर्षीय गणेश साउदको तालमा डुबेर बुधबार मृत्यु भएको छ । महेन्द्रनगरको बस पार्कस्थित होटलमा काम गर्दै आएका साउद वनभोज खान भीमदत्त नगरपालिका–९ स्थित कालिताल झरनामा गएका बेला नुहाउने क्रममा तालमा डुबेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार तालमा डुबेका साउदलाई तत्कालै उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा ल्याउनेक्रमा मृत्यु भएको हो । साउदसँगै होटलका अन्य कामदारसमेत वनभोज खानका लागि कालिताल झर्ना क्षेत्रमा गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिड्नीमा ‘नेपाली बहुसांस्कृतिक केन्द्र’ निर्माणका लागि आध्यात्मिक महोत्सवको घोषणा
-
शास्त्रीको पार्थिव शरीर बुधबार बिहान २ घण्टा कांग्रेस केन्द्रीय कार्यालयमा राखिने
-
अर्थमन्त्रीले जवाफ दिँदै गर्दा नाराबाजी गरेकोप्रति सांसद थिङको आपत्ति
-
अर्थमन्त्री जवाफ दिन अघि बढेपछि जर्याकजुरुक उठे रास्वपाका सांसद, अनि सुरु भयो नाराबाजी (तस्बिरहरू)
-
युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिनुपर्छ : सांसद खतिवडा
-
बाढीले क्षति पुगेका आयोजनाहरू बजेटमा समावेश भएनन् : सांसद जबरा