मेगा बैंकका हरेक शाखाले २–२ जना छात्रालाई आर्थिक सहयोग गर्ने
मेगा बैंक नेपालले छात्राहरुलाई आर्थिक सहयोग गर्नेगरी २०७९ सालको इक्यालेण्डर तय गरेको छ । जसअनुसार आर्थिक अवस्था कमजोर भएका विपन्न वर्ग
परिवारका छोरीहरुको उज्जवल भविष्यलाई सुनिश्चित गर्ने प्रयास स्वरुप ‘शिक्षा नै ज्योति अभियान’ चलाइने बैंकले जनाएको छ । सो अभियानबाट देशभरका प्रत्येक शाखाले २–२ जना छात्राहरुलाई आर्थिक सहयोग गर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
शिक्षामा बालिकाहरुको पहुँचलाई स्थापित गर्दै महिला सशक्तिकरणमा टेवा पु-याउन र मेगा बैंकमै रोजगारीको अवसर सृजना गर्न बैंकले “एक शाखा दुई छोरी” कार्यक्रम ल्याएको थियो । सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १२ सम्म अध्ययनरत सयौं छात्राहरुलाई अहिले मेगा बैंकले छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।
यो छात्रवृत्तिले शाखा संचालित वडा–पालिकामा मेगा बैंकलाई जनताको बैंकको रुपमा स्थापित गरेको छ भने मेगा बैंकले “बैंक अफ दि इयर २०१९” नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशिला बनेको बैंकको भनाइ छ ।
यसपालिको क्यालेण्डरमा बैंकले छात्रवृत्ति दिइरहेका छात्राहरुको तस्वीर सार्वजनिक गरी उनीहरुलाई प्रोत्साहन गरिएको बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण