बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बाजुरामा औषधिमा दश प्रतिशत छुट दिइने

बिहीबार, १७ चैत २०७८, १० : १६
बिहीबार, १७ चैत २०७८

सदरमुकाममा रहेको जिल्ला अस्पताल बाजुराले सञ्चालन गरेको फार्मेसीबाट औषधि किनेर लैजाने बिरामीलाई प्रत्येक औषधिमा पर्ने मूल्यको दश प्रतिशत छुट दिइने भएको छ । 

अस्पतालले आजदेखि लागू हुने गरी अस्पतालमा उपचाररत र उपचार गर्न आएका बिरामीलाई औषधिमा दश प्रतिशत छुट दिने निर्णय गरेको अस्पताल व्यवस्थापन समितिका नव नियुक्त अध्यक्ष मानबहादुर कार्कीले जानकारी दिए । 

अस्पतालमा हाल ७० प्रकारका औषधि निःशुल्क पाइने र त्यसबाहेका औषधि किन्दा १० प्रतिशत छुट गर्ने निर्णय गरिएको अध्यक्ष कार्कीले बताए । अस्पताललाई जनमुखी बनाउने गरी काम गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कार्कीको भनाइ छ । सम्मेलनमा ५० शय्याको अस्पताल निर्माणाधीन रहेको र तत्काल सम्पन्न गरी निर्माण भएको नयाँ भवनबाट सेवा प्रदान गर्ने कार्कीले बताए । 

अस्पतालमा नर्सिङ कक्षा सञ्चालनका लागि प्रदेश सरकारसँग अनुमतिका लागि पहल गर्ने अध्यक्ष कार्की बताउनुहुन्छ । अस्पतालमा आएका बिरामीलाई १० प्रतिशत छुट दिँदा नागरिक धेरै राहत पाउने अस्पतालका प्रमुख डा प्रकाशराज जोशीले बताए । अस्पतालको फार्मेसीमा ७५० प्रकारका औषधि रहेको डा जोशीले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप