‘किताब पढ्ने भालु’ चित्रकथा प्रकाशित
एन्दु काट्ज र जुलिआना लिभेए टुडेलको लेखन रहेको ‘किताब पढ्ने भालु’ चित्रकथा नेपाली भाषामा प्रकाशित भएको छ । लेखक एन्दु पन्ध्र वर्षदेखि लगातार पढाउँदै, कथा भन्दै र कथा लेख्दै आएका छन् । चित्र पुस्तकलाई राजीवधर जोशीले नेपाली भाषामा अनुवाद गरेको छ । पुस्तकमा जोसेफ सेरमनको चित्राङ्कन छ । तीन दशकदेखि यस क्षेत्रमा संग्लग्न सेरमन चित्र सम्पादन एनिमेसनका लागि जेमिनी पुरस्कार प्राप्त चित्रकार हुन् ।
‘किताब पढ्ने भालु’मा जुली नामक् पात्रले सँधैं भालुलाई भेट्ने सपना देख्थी तर उसको घर नजिकैको जङ्गलमा कहिल्यै भालु देखा परेन । भालुलाई भेट्ने उदेश्यले जुली सधैँ घर छेउकै जङ्गल जान्छे । एकदिन जुली भालुको कथा भएको किताब बोकेर जङ्गल जान्छ अनि ध्यान दिएर किताब पढ्न थाल्छे । त्यत्तिकैमा जुलीको आमाले उसलाई खाना खान बोलाउँछिन् । जुली खाना खान जाँदा किताब त्यहीँ छोडेकी हुन्छिन् ।
केही समयपछि जुली आफ्नो किताब लिन फेरि जङ्गलतिर जान्छिन् तर त्यहाँ किताब हुँदैन । आफ्नो किताबको खोजी गर्ने क्रममा जुली नीलो पन्जाका धेरै छाप देख्छिन् । त्यसलाई पछ्याउँदै जुली रुखमाथि बनेको घरमा पुग्छिन् । के उनले साँचिचकै भालुलाई भेट्छिन् ? यो जान्न पनि पुरै पुस्तक पढ्नुपर्ने हुन्छ । तीन वर्ष वा माथिका बालबालिकाका लागि पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न तथा नौ वर्षमाथिका बालबालिकाले आफै अध्ययन गर्न उपयुक्त पुस्तक ‘किताब पढ्ने भालु’ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण