राजनीतिक दलविरुद्ध सडकमा पत्रकार सम्मेलन : योगेश र गगनले देश बिगारे
स्वतन्त्र उम्मेदवारी घोषणा अभियानले आगामी स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिन आग्रह गरेको छ । बिहीबार सडकमा पत्रकार सम्मेलन गर्दै अभियन्ताहरुले हालका राजनीतिक दल र तिनका नेताहरुले मुलुकलाई दिशानिर्देश गर्न नसकेको भन्दै राजनीतिक दलविरुद्ध सडकमा पत्रकार सम्मेलन गरेर अभियान थाल्नुपरेको जिकिर गरे ।
कार्यक्रममा अभियान्ता वीरेन्द्र झापालीले देशमा १७७ पार्टीको आवश्यक्ता नभएको बताए । ‘यो देशमा ३ वटा पार्टी भए पुग्छ । एउटाले सत्ता चलाउँछ अर्को प्रतिपक्ष हुन्छ’, उनले भने ‘तेस्रो शक्तिले १७७ वटा पार्टीलाई एक ठाउमा ल्याउने प्रयास गर्छ ।’ पत्रकार सम्मेलनमा अधिवक्ता समेत रहेका सुरेन्द्र भण्डारीले हालका राजनीतिक दल र नेताहरुले मुलुकलाई दिशा निर्देश गर्न नसकेको आरोप लगाए ।
उनले दलगत रुपमा निर्वाचनमा जाँदा हुँदा घर परिवार र समाज विभाजित भएको दावी गरे ।‘समाजमा सहिष्णुता कायम जरुरी छ । त्यसैले स्वतन्त्र उम्मेदवारी अभियानको जरुरी छ । प्रत्येक मतदाताले ठिक ढंगले मतदान गर्ने वेला भएको छ । स्वतन्त्र उम्मेदवारी यो मुलुकको आवश्यक्ता । दलको झण्डा बोकेर आएकालाई हराउनुस् राष्ट्रिय झण्डा बोकेर आएकालाई जिताउनुस्’, भण्डारीको आग्रह छ ।
त्यस्तै अर्का वक्ता स्वागत नेपालले गगन थापा र योगेश भट्टराई जस्ताहरुले बिगारेको आरोप लगाए । ‘युवा नामका बृद्धहरू गगन थापा र योगेश भट्टराईहरुले देश बिगारे’, उनले भने, ‘दलहरूलाई पाखा लगाउन र स्थानीय तहलाई दल विहिन बनाउन जरुरी छ ।’ उनले राइट टु रेजेक्ट र राइट टु रिकल विनाको यो व्यवस्था आफ्नो पाकेटमार आफै छान्ने कथित लोकतन्त्र भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण