एआईजी बढुवाविरुद्ध सर्वोच्चमा डीआईजी कार्कीको रिट दर्ता
एआईजीमा बढुवा भएका ३ जना अधिकृतलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाउँदै गर्दा सर्वोच्चमा सो निर्णय बिरुद्ध रिट दर्ता भएको छ । आईजीपी क्षेत्रीकै ब्याचमेट ईश्वरबाबु कार्कीले वारेस केशव पौडेलमार्फत ल्याएको रिट दर्ता गरिएको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले रातोपाटीलाई बताए ।
अरु दुईजना डीआईजी घनश्याम अर्याल र प्रकाशजंग कार्कीले ल्याएको रिट निवेदन अध्ययन भइरहेको प्रवक्ता पौडेलले बताए । बिहिबार मन्त्रिपरिषद्ले धीरज प्रताप सिंह, बसन्त कुमार पन्त र रविन्द्र बहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । सो निर्णय बिरुद्ध ३ एआईजी अदालत गएका हुन् ।
बढुवा सिफारिसमा असन्तुष्टि जनाउँदै ३ जना डीआईजीले यसअघि लोकसेवा आयोग स्थित बढुवा उपर उजुरी सुन्ने समितिमा उजुरी दिएका थिए । तर, सो समितीले चैत १ मा गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डे नेतृत्वको बढुवा समितीले गरेको बढुवा सिफारिस सदर गरेको थियो । त्यसपछि डिआईजीहरु अदालत पुगेका हुन् । बढुवा बिरुद्ध उजुरी गर्ने तिनै जना डीआईजी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण