आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाका युवा नेता लेनदेन मुद्दामा जेल चलान

बिहीबार, १७ चैत २०७८, १८ : २०
बिहीबार, १७ चैत २०७८

सत्तारुढ जनता समाजवादी पार्टीका युवा नेता नविनकुमार यादवलाई धनुषा अदालतले जेल चलान गरेको छ । जसपा धनुषाका स्थानीय युवा नेता यादवलाई लेनदेन मुद्दामा धनुषा जिल्ला अदालतको आदेशमा जेल चलान गरिएको हो ।

 एक वर्ष कैद वा ५ लाख रुपैयाँ बिगोसहित माग गर्दै लेनदेनमा धनुषा जिल्ला अदालतमा मुद्दा परेपछि यादव केही दिनअघि पक्राउ परेका थिए । बिगोसहित रकम यादवले नतिरेपछि धनुषा अदालतले एक वर्षका लागि जेल चलान गर्ने फैसला सुनाएको धनुषा प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप