स्थानीय निर्वाचनमा गठबन्धन गर्ने जिम्मेवारी तल्ला कमिटीलाई दिने लाेसपाको निर्णय
बिहीबार, १७ चैत २०७८, १८ : २८
लोकतान्त्रिक समाजवादी पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने जिम्मेवारी प्रदेश र जिल्ला समितिलाई दिने निर्णय गरेको छ । केन्द्रीय कार्यकारिणी समितिको बिहीवार बसेको बैठकले २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीले केन्द्रबाट गठबन्धन नगर्ने निर्णय गरेको हो ।
तर स्थानीय आवश्यकता र औचित्यको आधारमा गठबन्धन गर्नका लागि भने पार्टीको स्थानीय पार्टी समितिलाई अधिकार दिइएको नेता लक्ष्मणलाल कर्णले बताए । गाउँपालिका र नगरपालिकाले आवश्यकता र औचित्य हेरी गठबन्धन गर्न सक्ने र त्यसको अनुगमन गर्ने जिम्मेवारी भने प्रदेश र जिल्ला समितिलाई दिइएको उनले उल्लेख गरे । बैठकले पार्टीको विधानलाई परिमार्जनसहित पारित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण