शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय निर्वाचनमा गठबन्धन गर्ने जिम्मेवारी तल्ला कमिटीलाई दिने लाेसपाको निर्णय

बिहीबार, १७ चैत २०७८, १८ : २८
बिहीबार, १७ चैत २०७८

लोकतान्त्रिक समाजवादी पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने जिम्मेवारी प्रदेश र जिल्ला समितिलाई दिने निर्णय गरेको छ । केन्द्रीय कार्यकारिणी समितिको बिहीवार बसेको बैठकले २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीले केन्द्रबाट गठबन्धन नगर्ने निर्णय गरेको हो ।

तर स्थानीय आवश्यकता र औचित्यको आधारमा गठबन्धन गर्नका लागि भने पार्टीको स्थानीय पार्टी समितिलाई अधिकार दिइएको नेता लक्ष्मणलाल कर्णले बताए । गाउँपालिका र नगरपालिकाले आवश्यकता र औचित्य हेरी गठबन्धन गर्न सक्ने र त्यसको अनुगमन गर्ने जिम्मेवारी भने प्रदेश र जिल्ला समितिलाई दिइएको उनले उल्लेख गरे । बैठकले पार्टीको विधानलाई परिमार्जनसहित पारित गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप