बारामा आगलागीबाट ५ चौपायासहित तीन घरगोठ जलेर नष्ट
बाराको छुट्टाछुट्टै स्थानमा बिहीबार बिहान भएको आगलागीमा परी तीन घरगोठसहित ५ वटा चौपाया जलेर नष्ट हुँदा ७ लाखभन्दा बढीको क्षति भएको छ । मच्छर धपाउन बालिएको घुरबाट सल्केको आगोले सिम्रौनगढ नगरपालिका १ ढाट टोलमा दुई वटा सुत्ने घर, गोठ, गोठमा बाँधिएको ५ वटा चौपाया, अन्नपात, भाडाकुडा, लताकपाड समेतलाई स्वाहा बनाएको हो ।
स्थानीय भोला मुखियाको गोठ र छिमेकी शिवचरण मुखियाको सुत्ने घरसहित ५ वटा खशी बाख्रा समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए । आगलागी परी घर, गोठ, अन्नपात सबै गरेर करीब ४ लाख रुपैयाँ मुल्य बराबरको क्षति भएको डिएसपी थापाले जानकारी दिए ।
अगलागीलाई स्थानीय वासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सिम्रौनगढ नगरपालिकाको वारुणयन्त्रयको सहयोगमा नियन्त्रणमा लिइएको थियो । यसैगरी बाराको सुवर्ण गाउपालिका ३ जमुनिया बस्ने प्रसाद महतोको घरगोठमा पनि मच्छर धपाउन बालिएको घुरबाट आगो सल्केर आगलागी भएको छ ।
आगलागीमा परी घरगोठसहित त्यस भित्र राखिएको बा ७० प ४३५० नम्बरको पल्सर मोटरसाईकल, एक थान साईकल, काठ समेत गरी ३ लाख भन्दा बढीको धनमाल जलेर नोक्सान भएको प्रहरीले जनाएको छ । उक्त आगलागीलाई स्थानीय वासिन्दा र ईलाका प्रहरी कार्यालय कवहीगोठबाट खटिएको प्रहरी टोलीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
गर्मी बढेसंगै मधेश प्रदेशको बारा, पर्सा, रौतहट, सर्लाही, महोतरी, धनुषा, सिरहा, सप्तरीमा दिनहुँ आगलागीको घटना हुने क्रम बढेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण