ओलीको काउन्टर रणनीति : गठबन्धनका असन्तुष्टलाई एमालेमा समेट्ने
सत्तारुढ पाँच दलले गठबन्धन बनाएर निर्वाचनमा जाने रणनीति तय गरिरहेको बेला नेकपा (एमाले)ले गठबन्धनका असन्तुष्टलाई स्थानीय तहको उम्मेदवार बनाउने योजना बनाएको छ । नेपाली काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिँदा असन्तुष्ट रहेका अन्य स्थानीय तहका नेतालाई एमालेमा प्रवेश गराउनेदेखि राजनीति पद बिलाउनेसम्मका रणनीति अनुसार जाने योजना बनाएको हो ।
‘बरु पराजित भए स्वीकार्ने तर चुनाव लडने मनस्थिति गरेर पाँच वर्षदेखि गृहकार्य गर्दै आएका नेतालाई पाँच दलीय गठबन्धनले टिकट नदिए तीनका भावना एमालेले सम्वोधन गर्नेछ,’ एमाले अध्यक्ष केपी ओली शर्मा निकट एक नेताले भने, ‘त्यसका लागि स्थानिय तहमा पाँच दलले पाउने उम्मेदवार र नपाउने असन्तुष्ट नेतालाई याद गर्न अध्यक्ष ओलीले निर्देशन दिनु भएको छ ।’
उनका अनुसार सुरुमा पार्टीले गाउँपालिका, महानगरपालिका, उपमहानगरपालिका, महानगरपालिकाबाट उम्मेदवार सिफारिस गर्ने र साथसाथै पाँच दलीय गठबन्धनका सम्भावित असन्तुष्ट नेताको नामावली संकलन गर्न अध्यक्ष ओलीले गोप्य रुपमा निर्देशन दिएका छन् ।
कांग्रेसका सुदूरपश्चिम, कर्णाली र गण्डकीका सभापतिसँग ‘ट्रयाक टु’ वाट वार्तासमेत गराइरहेका ओलीले वडादेखि नै त्यसका बारेमा टिपोट गर्न सुझाएको ती नेताले जानकारी दिए ।
कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेतासँग सँगसँगै वार्ता गरिरहेका ओलीले गठबन्धनबाट असन्तुष्ट नेतालाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएको माओवादीका एक नेताले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण