भारतलाई अमेरिकी धम्की : चीनले घुसपैठ गर्यो भने रुस बचाउन आउँदैन

अमेरिकाले रुसको विरुद्धमा लगाइएको प्रतिबन्धलाई बेवास्ता गर्ने मुलुकले यसको नतिजा भोग्नुपर्ने चेतावनी दिएको छ । अमेरिकाका उप राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) दिलीप सिंहले आफ्नो भारत यात्राका क्रममा मिडिया ब्रिफिङमा भने, ‘चीनले एलएसीको उल्लंघन गरेमा रुस भारतलाई बचाउन आउने छैन ।’
भारतले रुसबाट ऊर्जा खरिद गर्नु अमेरिकी प्रतिबन्धको उल्लंघन नभएको तर रुसमाथिको निर्भरतालाई भारतले कम गरोस् भन्ने अमेरिकाले चाहेको उनले बताए । रुसको विरुद्ध अमेरिकी प्रतिबन्ध तयार गर्न महत्वपूर्ण भूमिका निभाएका दिलीप सिंह बुधबार दुई दिने भ्रमणको क्रममा नयाँ दिल्ली पुगेका छन् ।
दिलीपका यी भनाइ रुसी विदेश मन्त्री सर्गेई लाभरोभ दुुई दिनको भारत भ्रमणका क्रममा रहँदा नै सार्वजनिक गरेका हुन् । रुसी विदेश मन्त्रीको यो भ्रमणमा रुसी तेल खरिदसहित द्विपक्षीय व्यापारका लागि रुबल–रुपैयाँ भुक्तानी प्रणालीमा चर्चा हुनेको सम्भावना छ ।
सस्तो मूल्यमा रुससँग तेल किन्ने भारतको फैसलाको बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै दिलीपले अमेरिका भारतको ऊर्जा र प्रतिरक्षा उपकरणको आवश्यकता पूरा गर्न तयार रहेको बताए ।
चीन हिन्द–प्रशान्तका लागि एक रणनीतिक खतरा
चीन स्वतन्त्र, खुला र सुरक्षित हिन्द–प्रशान्तका लागि एक रणनीतिक खतरा भएको ठहर ‘क्वाड’ ले गरेको भन्दै उनले चीन र रुसले असीमित साझेदारीको घोषणा गरेको वास्तविकताबाट मुन्टो घुमाउन नहुने बताए ।
यसैगरी चीन रुसको महत्वपूर्ण साझेदार भएको विषयमा पनि भारतले अनभिज्ञता प्रकट गर्न नहुने उनले बताए ।
रुस–चीन सम्बन्धको भारतमा असर
यी सबैको असर भारतमा परिरहेको दिलीपले बताएका छन् । रुस र चीनको सम्बन्ध भारतको विरुद्धमा प्रमाणित हुन सक्ने उनको भनाइ छ । चीनले एक पटक एलएसीको उल्लंघनत ग¥यो भने रुस भारतको रक्षाका लागि आउँछ जस्तो आफूलाई नलागेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालुवाटारमा सत्तारुढ दलहरूबिच चार घण्टा छलफल, यी तीन विषयमा छलफल
-
तीन दशक सेवा गरेर आयल निगमबाट बिदा भए गोइत
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा
-
ग्वार्कोमा बसले कार र टेम्पोलाई ठक्कर दिँदा ६ जना घाइते