बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनको सांघाईमा कोरोना संक्रमण बढ्यो, संक्रमितले भरियो अस्पताल

शनिबार, १९ चैत २०७८, ११ : ४९
शनिबार, १९ चैत २०७८

चीनको सांघाईमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको छ । भने, शहरका ठूला अस्पतालहरु संक्रमितले भरिएका छन् । पछिल्लो समय संक्रमितको संख्या बढे पनि संक्रमणबाट कसैको मृत्यु भएको छैन । 

बीबीसीले सांघाई शहरको पूर्वी भागमा रहेको एक वृद्धाहरुको हेरचाह गर्ने अस्पतालमा कार्यरत कर्मचारीसँग गरेको कुराकानीबाट स्थिती अत्यन्तै चिन्ताजनक भएको बताइएको उल्लेख गरेको छ । वृद्धाहरुको संक्रमित हुने संख्या धेरै भएको र मृत्यु समेत भएको उल्लेख गरिएको छ । तर, वृद्धाहरुको मृत्यु कोरोनाबाट भएको हो अन्य कुनै कारण हो खुलाइएको छैन । 

अस्पतालमा कार्यरत एक नर्सले सांघाई सरकारले पठाएका मेडिकल स्टाफ र विशेषज्ञ पनि संक्रमित भएको बीबीसीलाई बताएकी छन् । चीनको सबैभन्दा बढी जनसंख्या भएको शहर सांघाईमा २.५ करोड जनसंख्या छ । कोरोना संक्रमण फैलिनबाट बच्न सांघाई सरकारले ९ दिनदेखि लकडाउन गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप