चीनको सांघाईमा कोरोना संक्रमण बढ्यो, संक्रमितले भरियो अस्पताल
चीनको सांघाईमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको छ । भने, शहरका ठूला अस्पतालहरु संक्रमितले भरिएका छन् । पछिल्लो समय संक्रमितको संख्या बढे पनि संक्रमणबाट कसैको मृत्यु भएको छैन ।
बीबीसीले सांघाई शहरको पूर्वी भागमा रहेको एक वृद्धाहरुको हेरचाह गर्ने अस्पतालमा कार्यरत कर्मचारीसँग गरेको कुराकानीबाट स्थिती अत्यन्तै चिन्ताजनक भएको बताइएको उल्लेख गरेको छ । वृद्धाहरुको संक्रमित हुने संख्या धेरै भएको र मृत्यु समेत भएको उल्लेख गरिएको छ । तर, वृद्धाहरुको मृत्यु कोरोनाबाट भएको हो अन्य कुनै कारण हो खुलाइएको छैन ।
अस्पतालमा कार्यरत एक नर्सले सांघाई सरकारले पठाएका मेडिकल स्टाफ र विशेषज्ञ पनि संक्रमित भएको बीबीसीलाई बताएकी छन् । चीनको सबैभन्दा बढी जनसंख्या भएको शहर सांघाईमा २.५ करोड जनसंख्या छ । कोरोना संक्रमण फैलिनबाट बच्न सांघाई सरकारले ९ दिनदेखि लकडाउन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण