सेनाको सुरक्षा घेराबीच जनकशिक्षामा मतपत्र छापिँदै
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि धमाधम मतपत्र छपाइको काम भइरहेको छ । जनकशिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी भक्तपुरमा नेपाली सेनाको सुरक्षा घेराका बिच मतपत्र छपाइको काम भइरहेको हो ।
मतपत्र छपाइका लागि जनकशिक्षामा निर्वाचन आयोगबाट २० जना कर्मचारी खटिएका छन् । सेनाको उच्च सुरक्षा घेराबीच धमाधम मतपत्र छपाइको काम भइरहेको जनक शिक्षाका प्रवक्ता चित्र आर्चायले रातोपाटीलाई जानकारी दिए ।
मतपत्र छपाइको परिक्षण सकेर नमुना मतपत्र छपाई भईरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । नमुना मतपत्र निर्वाचन शिक्षा कार्यक्रममा प्रयोग हुने उनको भनाई छ । सोमबारदेखि भने चुनावी प्रयोजनमा प्रयोग हुने मतपत्र छपाई हुने उनले बताए ।
प्रवक्ता पौडेलले भने–‘अस्तिदेखि मतपत्र छपाइको परिक्षण सकेर नमुना मतपत्र छपाइको काम भइरहेको छ । भोलिदेखि निर्वाचनमा प्रयोग हुने मतपत्र छपाइको काम हुन्छ । नमुना मत्रपत्र निर्वाचन शिक्षा कार्यक्रममा प्रयोग हुन्छ ।’
यस्तै आयोगले छनौट भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूका लागि आगामी चैत ३० गतेदेखि बैशाख २ गतेसम्म तालिम कार्यक्रम राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण