रोल्पामा स्थानीय तह निर्वाचनमा चार दलीय मोर्चा बनाएर जाने निर्णय
आइतबार, २० चैत २०७८, १९ : ५२
आगामी स्थानीय तह निर्वाचनमा रोल्पा जिल्लामा सत्तारुढ दल चार दलीय मोर्चा बनाएर निर्वाचनमा जाने निर्णय गरेका छन्। नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन बनाएर जाने निर्णय गरेका हुन्।
आइतबार माओवादी केन्द्रका रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र घर्तीको अध्यक्षमा नेपाली काँग्रेस रोल्पा जिल्लामा बसेको बैठकले केन्द्रीय संयन्त्रको निर्देशन बमोजिम गठबन्धन गरेर जाने निर्णय गरेका हुन् । संविधान, संसद,राष्ट्र, राष्ट्रियता र गणतन्त्रमा विगत २/३ वर्षदेखि प्रतिगामी संयन्त्र भइरहेकाले त्यसलाई परास्त गर्न गठबन्धन बनाउनु परेको विज्ञप्तिमा उल्लेख छ। आगामी वैशाख ३० गते केन्द्रीय पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने रोल्पा जिल्लाका नेताहरुले समझदारी गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण