आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : दलहरुबीच चुनावी तालमेलको पहल, चुनावी चटारो–मतपत्र छपाई सुरु

लामो दूरीका सार्वजनिक सवारीमा १५ प्रतिशतसम्म भाडा वृद्धि
आइतबार, २० चैत २०७८, २१ : ०८
आइतबार, २० चैत २०७८

आज २०७८ चैत २० गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा भारत भ्रमण सकेर फर्किए प्रधानमन्त्री देउवा, चुनावको चटारो, मतपत्र छपाई सुरु, एमाले र राप्रपाबीच चुनावी तालमेलको पहल, सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलका लागि खाका बन्दै, चुच्चे नक्साबारे देउवालाई ओलीको कटाक्ष, एमालेबाट निर्वाचित मेयर नेकपा एकीकृत समाजवादीमा, लामो दूरीका सार्वजनिक सवारीमा १५ प्रतिशतसम्म भाडा वृद्धि, पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध हट्यो लगायत छन् ।

१. भारत भ्रमण सकेर फर्किए प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी चैत १८ गते भारत पुगेका थिए । भ्रमणका क्रममा देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीका अतिरिक्त सत्तारुढ भाजपाका अध्यक्ष लगायतसँग भेटवार्ता गरेका थिए । आइतबार उनी वाराणसीस्थित कासी विश्वनाथ मन्दिर पुगेर पूजा अर्चना गरेका थिए ।

२. चुनावको चटारो, मतपत्र छपाई सुरु
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको चटारो बढ्न थालेको छ । निर्वाचन आयोगले चुनावका लागि आवश्यक मतपत्र छपाई सुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्रमा सेनाको सुरक्षा घेरामा मतपत्र छपाई सुरु भएको हो ।

३. एमाले र राप्रपाबीच चुनावी तालमेलको पहल
नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलका लागि राप्रपाका दुवै घटकसँग छलफल थालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालसँग चुनावी तालमेलबारे छलफल थालेका हुन् । सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल हुने भएसँगै एमालेले पनि तालमेलका लागि साना दलसँग छलफल गर्न थालेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप