शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

सकियो ‘मीतज्यू’, मण्डलामा आज ‘तीन ट्रान्जिट’

सोमबार, २१ चैत २०७८, १२ : २४
सोमबार, २१ चैत २०७८

नाटक ‘तीन ट्रान्जिट’ को विषेश शो हुने भएको छ । थापा गाउँमा रहेको मण्डला थिएटरले सोमबार (आज) नाटकको विषेश आयोजना गरिएको हो । सदन र राजनीतिमा युवाको भूमिका र विद्यमान परिस्थितिमा स्थानीय चुनावमा युवाको चासो सम्बन्धि बहका लागि नाटक राजनीतिज्ञ, युवा पत्रकार र युवा कलाकारका लागि विषेश मञ्चन हुन लागेको कलाकार विजय बरालले जानकारी दिए ।

सोमनाथ खनाल निर्देशित नाटकमा मण्डला थिएटरका कलाकारको अभिनय रहनेछ । यसैगरी मण्डलामा केही अगाडिदेखि मञ्चन सुरु भएको दयाहाङ राईको निर्देशन रहेको नाटक ‘मीतज्यू’ मञ्चन सकिएको छ । गत ८ देखि १३ गतेसम्म अर्थात ६ दिनका लागि भनेर मञ्चन सुरु भएको नाटक दर्शक बढेका कारण फेरि ६ दिन थप गरिएको नाटक शनिबारबाट सकिएको हो ।

सोमनाथ खनालद्वारा लिखित, मितेरी साइनोको कथा ब्यक्त गर्ने नाटक यसअगाडि पनि कयौं पटक मञ्चन भइसकेको छ । हरेकपटक राम्रो दर्शक पाउन सफल नाटकमा सिर्जना सुब्बा, बुद्धि तामाङ, विजय बराल लगायतको अभिनय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप