जाजरकोटमा चुनावी तालमेल गर्ने गठबन्धनको निर्णय
सोमबार, २१ चैत २०७८, १४ : ४६
आगामी स्थानीय चुनावमा सत्तारुढ दलले जाजरकोटमा तालमेल गर्ने सहमति गरेका छन् । केन्द्रीय निर्देशनअनुसार जिल्लामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी केन्द्रको बैठकले चुनावी तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका हुन् ।
गठबन्धनको काम, कारबाहीलाई व्यवस्थित बनाउन र आवश्यक तयारीका लागि पार्टी प्रमुखसहित एक दलबाट ३ जनाको दरले १२ जनाको सत्ता गठबन्धन दलको जिल्ला स्तरीय संयन्त्र निर्माण गर्ने समेत निर्णय गरिएको चार दलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
पालिका स्तरमा सत्ता गठबन्धनको मर्ममा खलल पर्ने गरी कुनै पनि गतिविधि सञ्चालन र अभिव्यक्ति सार्वजनिक नगर्न पनि गठबन्धन दलले आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट
-
बीमा दाबी फर्छ्यौट ६ महिनाभित्रै सक्ने प्राधिकरण अध्यक्ष पौडेलको प्रतिबद्धता
-
मुख्यमन्त्री कँडेलले पनि सकेनन् बजेट कार्यान्वयनमा सुधार ल्याउन
-
कंगोमा रहेका अमेरिकी नागरिकको स्वदेश फिर्तीमा अमेरिकाले लगायो रोक
-
एल निनोको उच्च जोखिम : एसिया र अफ्रिकामा बाढी, रोग र खाद्य सङ्कटको सम्भावना
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण