बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश खेलकुद विकास बोर्डको सचिवबाट बस्नेत बर्खास्त, योजना आयोगको उपाध्यक्षमा लक्सम नियुक्त

सोमबार, २१ चैत २०७८, २१ : ३४
सोमबार, २१ चैत २०७८

प्रदेश १ मन्त्रीपरिषद्को बैठकले प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव पर्शुराम बस्नेतलाई बर्खास्त गर्ने निर्णय गरेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले विकास बोर्डको उपाध्यक्ष बाबा मेन्याङ्बो र सदस्य सचिव बस्नेतलाई हटाउने निर्णय गरेको हो ।

यस्तै बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा पूर्ण लोक्समलाई नियुक्त गर्ने निर्णय गरेको छ । पाँचथरका लोक्सोम यसअघि प्रदेश योजना आयोगको सदस्य थिए । त्यस्तै आयोगका अन्य सदस्यहरूमा डा। ज्ञानेन्द्रबहादुर कार्की (९संखुवासभा), नारायण कोइराला (सुनसरी), प्रकाश राई (भोजपुर) र अञ्जु खड्का (मोरङ)लाई नियुक्त गर्ने निर्णय गरिएको यातायात तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले जानकारी दिए । 

त्यस्तै आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा विष्णुकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले सगरमाथा टिन्स क्लब (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ लाई संशोधन गरी सो सम्बन्धमा बनेको नयाँ कार्यविधि, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले स्मृति प्रतिष्ठान, फाउण्डेसन र अध्ययन केन्द्रलाई अनुदान रकम प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय गरेको घिमिरेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप