इमरानको आरोपमा अमेरिकाले दियो यस्तो जवाफ
इमरान खानले अमेरिकामाथि आफ्नो सरकारविरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएका थिए । अब अमेरिकाले इमरान खानको यो आरोपको जवाफ दिएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले अमेरिकाले पाकिस्तानको संवैधानिक र लोकतान्त्रिक सिद्धान्तलाई समर्थन गर्ने बताएका छन् । 'हामीले गत हप्ता भनेझैँ, हामी पाकिस्तानमा संवैधानिक र शान्तिपूर्ण लोकतान्त्रिक सिद्धान्तहरूलाई समर्थन गर्छौं,' नेड प्राइसले सोमबार पत्रकार सम्मेलनमा भने।
“हामी एउटा राजनीतिक दललाई अर्को राजनीतिक दलको विरुद्धमा समर्थन गर्दैनौ। हामी कानून अन्तर्गत समान न्यायको सिद्धान्त, विधिको शासनको सिद्धान्तलाई समर्थन गर्छौं। पाकिस्तानको आन्तरिक मामिलामा अमेरिकाले हस्तक्षेप गरेको र इमरान खान सरकारलाई अस्थिर बनाउने प्रयास गरेको आरोप निराधार र गलत भएको प्राइसले जोड दिएका छन् । 'यस आरोपमा कुनै सत्यता छैन,' प्राइसले भने।
इमरान खानले अमेरिकाले विपक्षीसँग मिलेर आफूविरुद्ध षड्यन्त्र गरेको बताएका थिए । ३ अप्रिलमा संसद् विघटन हुनुभन्दा ठीक एक दिन अगाडि इमरान खानले आफ्नो हातमा एउटा कागज हल्लाउँदै भनेका थिए, ‘मैले तपाईलाई यो आधिकारिक दस्तावेज भनेको छु जसमा विपक्षी दलले इमरान खानलाई हटाउने हो भने अमेरिकासँगको सम्बन्ध राम्रो हुनेछ । तपाईंले (विपक्षी) इमरान खानलाई हटाउने बित्तिकै हामी (अमेरिका) तपाईंलाई माफ गर्नेछौँ ।' यस क्रममा शाहबाज शरीफलाई निशाना बनाउँदै उनले यस षड्यन्त्रमा उनको (शाहबाज शरीफ) संलग्नता छ र शाहबाज अमेरिकाको 'दासत्व' को लागी तयार रहेको बताएका छन् ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण