मिस नेवाः वैशाखमा छानिने
नेप्लीज फेशन होमको आयोजना रहेको मिस नेवाः नेपालको अन्तिम प्रतिस्पर्धा आगामी वैशाख १८ गते हुने भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने प्रतियोगीतामा १९ नेवार सुन्दरी भिँड्दैछन् ।
जसमा विजेता बज्राचार्य, शिला प्रजापति, सलिना महर्जन, लुमन्ती महर्जन, सेलिन प्रजापति, स्नेहा श्रेष्ठ, श्रेया महर्जन, विशेषता मानन्धर, नेहा माली, कृतिका दुवाल, एभ्रील महर्जन, सिर्जुला महर्जन, आस्था श्रेष्ठ, स्वेक्षा महर्जन, अतृषा महर्जन, सिर्जला महर्जन, सविना बज्राचार्य, दीया महर्जन र रेविका महर्जन रहेका छन् ।
मिस नेवाः नेपालको विजेताले चम्किलो ताजका साथ पुरस्कारस्वरूप एक लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने आयोजक नेप्लीज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराएकी छन् । फस्ट र सेकेन्ड रनर्सअप विजेताले क्रमशः ५० र २५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
मिस नेवाः नेपाल नेवारी कला, संस्कृति र संस्कारको प्रवद्र्धन तथा विकासका १५ वर्षदेखि हुँदै आएको छ । नेवार समुदायको कला, संस्कृति, भाषा र संस्कार नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि प्रतियोगिता आयोजना गरिँदै आएको हो ।
आयोजक हेमा मानन्धरका अनुसार मिस नेवाः नेपालको प्रतियोगिताका सहभागीहरूलाई विभिन्न सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । यसका लागि प्रतियोगीहरूलाई विभिन्न विषयका विज्ञबाट तालिम र प्रशिक्षण प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण