सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

बाँकेमा बसबाट खसेर परिचालकको मृत्यु

मङ्गलबार, २२ चैत २०७८, १६ : ४१
मङ्गलबार, २२ चैत २०७८

बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मा मंगलबार बसको ढोकाबाट खसेर परिचालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय ४० वर्षीय विनोद आचार्य रहेका छन् । बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका अचार्यको उपचारको क्रममा कोहलपुर स्थित नेपालगंज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

काकरभिट्टाबाट सुर्खेततर्फ आउँदै गरेको ना ५ ख ३८३६ नम्बरको बसको ढोकाबाट आज बिहान साढे ११ बजे परिचालक आचार्य अचानक खसेका थिए । बससहित चालकलाई ईलाका प्रहरी कार्यालय बाँके कोहलपुरले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप