मंगलादेवी स्मृति बक्सिङ प्रतियोगिता : बागमती टिम च्याम्पियन
बागमती प्रदेशले मंगलादेवी स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । बाग्मती १८ स्वर्ण, ७ रजत र ४४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।
राष्ट्रिय किक बक्सिङ संघ नेपालद्वारा आयोजित प्रतियोगितामा दोश्रो भएको एपीएफ क्लबले २ स्वर्ण हात पा¥यो । तेश्रो स्थानको लुम्बिनी प्रदेशले १ स्वर्ण प्राप्त ग¥यो । प्रतियोगिताको पुरुषमा बागमतीका मनोज राणा मगर तथा महिलामा एपीएफकी निशा विक उत्कृष्ट खेलाडी घोषित भए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताअन्तर्गत के– वानको पुरुष ५५ केजीमा बागमतीका तीर्थराज थापा, ५७ केजीमा एपीएफका रोहित चन्द, ६५ केजीमा बागमतीका सबिर श्रेष्ठ र खुलामा बागमतीका सुवास राना मगर पहिलो भए । के– वानकै महिला ५० केजीमा बागमतीकी सुस्मिता तामाङ र ५५ केजीमा एपीएफकी निशा विकले स्वर्ण जिते ।
फुल कन्ट्याक्टको पुरुष ५५ केजीमा गण्डकीका चिरन राई र ६० केजीमा बागमतीका अनिल नेपालीले पहिलो स्थान हात पारे । प्वाइन्ट फाइटिङको पुरुष ५० केजीमा बागमतीका पाल्साङ ब्लोन र ५५ केजीमा लुम्बिनीका सफल विक शीर्ष स्थानमा रहे । फुल कन्ट्याक्टको महिला ४५ केजीमा बागमतीकी दीक्षा कार्कीले स्वर्ण जितिन् । विजेतालाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, आयोजक संघका अध्यक्ष लोकेन्द्र कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण