आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

मंगलादेवी स्मृति बक्सिङ प्रतियोगिता : बागमती टिम च्याम्पियन

मङ्गलबार, २२ चैत २०७८, २२ : ०१
मङ्गलबार, २२ चैत २०७८

बागमती प्रदेशले मंगलादेवी स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । बाग्मती १८ स्वर्ण, ७ रजत र ४४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।

राष्ट्रिय किक बक्सिङ संघ नेपालद्वारा आयोजित प्रतियोगितामा दोश्रो भएको एपीएफ क्लबले २ स्वर्ण हात पा¥यो । तेश्रो स्थानको लुम्बिनी प्रदेशले १ स्वर्ण प्राप्त ग¥यो । प्रतियोगिताको पुरुषमा बागमतीका मनोज राणा मगर तथा महिलामा एपीएफकी निशा विक उत्कृष्ट खेलाडी घोषित भए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताअन्तर्गत के– वानको पुरुष ५५ केजीमा बागमतीका तीर्थराज थापा, ५७ केजीमा एपीएफका रोहित चन्द, ६५ केजीमा बागमतीका सबिर श्रेष्ठ र खुलामा बागमतीका सुवास राना मगर पहिलो भए । के– वानकै महिला ५० केजीमा बागमतीकी सुस्मिता तामाङ र ५५ केजीमा एपीएफकी निशा विकले स्वर्ण जिते ।

फुल कन्ट्याक्टको पुरुष ५५ केजीमा गण्डकीका चिरन राई र ६० केजीमा बागमतीका अनिल नेपालीले पहिलो स्थान हात पारे । प्वाइन्ट फाइटिङको पुरुष ५० केजीमा बागमतीका पाल्साङ ब्लोन र ५५ केजीमा लुम्बिनीका सफल विक शीर्ष स्थानमा रहे । फुल कन्ट्याक्टको महिला ४५ केजीमा बागमतीकी दीक्षा कार्कीले स्वर्ण जितिन् । विजेतालाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, आयोजक संघका अध्यक्ष लोकेन्द्र कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप