बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

फिफाको समय नमिल्दा चुनावको मिति सर्यो : एन्फा

बुधबार, २३ चैत २०७८, १२ : २५
बुधबार, २३ चैत २०७८

अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावको मिति सरेको छ । फुटबलको सर्वाेच्च निकाय फिफाको समय नमिल्दा चुनाव सरेको एन्फाले बताएको छ ।  यसअघि जेठ १५ गतेका लागि तय भएको थियो । फिफाका प्रतिनिधिहरू चुनावमा नेपाल आउन समय नमिल्दा चुनावको मिति सार्नु परेको एन्फाले बतायो । 

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले फिफालाई चुनावको मिति सिफारिस गर्न पत्र पठाएको र त्यहाँबाट समय नमिलेका कारण नयाँ मितिमा सहमति भएको उनले बताए ।  ‘फिफालाई हामीले चुनावको मिति सिफारिस गर्न पत्र पठाएका थियौं । उताबाट समय नमिल्ने भएका कारण नयाँ मिति आयो । असार ६ गते चुनाव गर्ने भनेर सहमति भएको छ । फिफाले उक्त मिति सिफारिस गरेको छ,’ शेर्पाले रातोपाटीसँगको कुराकानीमा भने । 

चुनावको मिति सरे पनि एन्फाले साधारण सभामा राखेका विषयबस्तुहरु भने निर्धारित समयमा हुनेछन् । एन्फा कार्यसमिति सदस्य किरण राईले चुनावको मिति सरे पनि अन्य कार्यक्रमहरु निर्धारित समय मै हुने बताए ।  ‘चुनावको मिति मात्र सरेको हो । विषेश साधारणसभामा भएका अन्य क्रियाकलाप भने निर्धारित समयमा नै हुनेछन्,’ राईले रातोपाटीसँगको कुराकानीमा भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप