फिफाको समय नमिल्दा चुनावको मिति सर्यो : एन्फा
अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावको मिति सरेको छ । फुटबलको सर्वाेच्च निकाय फिफाको समय नमिल्दा चुनाव सरेको एन्फाले बताएको छ । यसअघि जेठ १५ गतेका लागि तय भएको थियो । फिफाका प्रतिनिधिहरू चुनावमा नेपाल आउन समय नमिल्दा चुनावको मिति सार्नु परेको एन्फाले बतायो ।
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले फिफालाई चुनावको मिति सिफारिस गर्न पत्र पठाएको र त्यहाँबाट समय नमिलेका कारण नयाँ मितिमा सहमति भएको उनले बताए । ‘फिफालाई हामीले चुनावको मिति सिफारिस गर्न पत्र पठाएका थियौं । उताबाट समय नमिल्ने भएका कारण नयाँ मिति आयो । असार ६ गते चुनाव गर्ने भनेर सहमति भएको छ । फिफाले उक्त मिति सिफारिस गरेको छ,’ शेर्पाले रातोपाटीसँगको कुराकानीमा भने ।
चुनावको मिति सरे पनि एन्फाले साधारण सभामा राखेका विषयबस्तुहरु भने निर्धारित समयमा हुनेछन् । एन्फा कार्यसमिति सदस्य किरण राईले चुनावको मिति सरे पनि अन्य कार्यक्रमहरु निर्धारित समय मै हुने बताए । ‘चुनावको मिति मात्र सरेको हो । विषेश साधारणसभामा भएका अन्य क्रियाकलाप भने निर्धारित समयमा नै हुनेछन्,’ राईले रातोपाटीसँगको कुराकानीमा भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण