मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

कालीगण्डकी नदी किनारमा एक वृद्ध मृत फेला

बुधबार, २३ चैत २०७८, १३ : ४६
बुधबार, २३ चैत २०७८

पाल्पास्थित कालीगण्डकी नदी किनारमा एक वृद्ध मृत फेला परेका छन् । जिल्लाको वगनासकाली नगरपालिका–५ को राम्दीस्थित कालीगण्डकी नदीमा सोही नगरपालिका–६ निवासी ७१ वर्षीय खड्गबहादुर दर्जी मृत फेला परेका हुन् ।

पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीकाअनुसार बुधबार विहान उनी मृत फेला परेका हुन् । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको उनले बताए । घटनाको अनुसन्धान भइरहेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप