पूर्वी युक्रेनबाट हजारौँ सर्वसाधारण पलायन
युक्रेनको दोनबासबाट हजारौं मानिसहरु सुरक्षित क्षेत्रतर्फ लागेका छन् । रुसले आफ्नो आक्रमणको केन्द्रबिन्दु पूर्वीयुक्रेनलाई बनाउन थालेपछि त्यहाँबाट सर्वसाधारण मानिसहरु सुरक्षित क्षेत्रतर्फ लागेका छन् । युक्रेनी अधिकारीहरूले मानिसहरूलाई पूर्वी लुहान्स्क क्षेत्र खाली गर्न आह्वान गरिरहेका छन् ।
अमेरिकाले रूसी बैंकहरूविरुद्ध थप प्रतिबन्धहरू घोषणा गर्ने अनुमान गरिएको छ । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका दुई वयस्क छोरीहरूलाई लक्षित गरी अन्य प्रतिबन्ध लगाउने तयारीसमेत गरेको विवरणहरूमा जनाइएको छ ।
युक्रेनमाथिको हमलाको आकार घटाएको बताएको रुसी सेनाले पूर्वीयुक्रेन र दक्षिणी क्षेत्रलाई नियन्त्रणमा लिन खोजिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका थिए ।
यसअघि एउटा भिडियो सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले रुसले पूर्वमा दोनबास र दक्षिणी युक्रेनलाई नियन्त्रणमा लिन खोजिरहेको बताएका थिए ।
यसै साताको सुरुममा रुसले राजधानी किभ र उत्तरी सहर चेर्निभ वरपर सैन्य कारबाही ठूलो आकारमा घटाउने र यसको सट्टा पूर्वीयुक्रेनमा ध्यान केन्द्रित गर्ने बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण