आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वी युक्रेनबाट हजारौँ सर्वसाधारण पलायन

बुधबार, २३ चैत २०७८, १५ : २९
बुधबार, २३ चैत २०७८

युक्रेनको दोनबासबाट हजारौं मानिसहरु सुरक्षित क्षेत्रतर्फ लागेका छन् । रुसले आफ्नो आक्रमणको केन्द्रबिन्दु पूर्वीयुक्रेनलाई बनाउन थालेपछि त्यहाँबाट सर्वसाधारण मानिसहरु सुरक्षित क्षेत्रतर्फ लागेका छन् । युक्रेनी अधिकारीहरूले मानिसहरूलाई पूर्वी लुहान्स्क क्षेत्र खाली गर्न आह्वान गरिरहेका छन् । 

अमेरिकाले रूसी बैंकहरूविरुद्ध थप प्रतिबन्धहरू घोषणा गर्ने अनुमान गरिएको छ । अमेरिकाले रुसी राष्ट्रपति   भ्लादिमिर पुटिनका दुई वयस्क छोरीहरूलाई लक्षित गरी अन्य प्रतिबन्ध लगाउने तयारीसमेत गरेको विवरणहरूमा जनाइएको छ । 

युक्रेनमाथिको हमलाको आकार घटाएको बताएको रुसी सेनाले पूर्वीयुक्रेन र दक्षिणी क्षेत्रलाई नियन्त्रणमा लिन खोजिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका थिए । 

यसअघि एउटा भिडियो सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले रुसले पूर्वमा दोनबास र दक्षिणी युक्रेनलाई नियन्त्रणमा लिन खोजिरहेको बताएका थिए । 

यसै साताको सुरुममा रुसले राजधानी किभ र उत्तरी सहर चेर्निभ वरपर सैन्य कारबाही ठूलो आकारमा घटाउने र यसको सट्टा पूर्वीयुक्रेनमा ध्यान केन्द्रित गर्ने बताएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप