पति–पत्नीले एक अर्काविरुद्ध दर्ता गराए ६० केस, न्यायाधीश नै रमाए !
विवाहको ४१ वर्षमा एक दम्पतीले एकअर्काविरुद्ध ६० वटा मुद्धा दर्ता गराएका छन् । घटना भारतको हो । रोचक यसखाले घटनाले मुख्य न्यायाधीशलाई पनि सोच्न बाध्य बनाएको छ । भारतीय सर्वोच्च अदालतका मुख्य न्यायाधीश एनवी रमानले वैवाहिक विवादको यो घटनालाई विशेष रुपमा हेरेका छन् ।
सम्बन्धविच्छेद भइसकेका ती दम्पतीले ४१ वर्षपछि एक अर्काको विरुद्धमा ६० मुद्धा दर्ता गराएका हुन् । बिहेको ४१ वर्षमा छुट्टिएका उनीहरु यसरी बस्न थालेको पनि ११ वर्ष भइसकेको छ ।
यो घटनामा सर्वोच्च अदालतका मुख्य न्यायाधीश एनवी रमनले केही मानिसको झगडाले आफूलाई रमाइलो लाग्ने गरेको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्,‘केही मानिस झगडा गरेको पनि रमाइलो लाग्छ ।’ मुख्य न्यायाधीशले दम्पतीको विवाद समाधान गर्न मध्यस्थता गर्न सुझाव दिएका छन् । दम्पतीको मुद्धा जिल्ला अदालत र उच्च अदालतमा पनि हेरिएको थियो र यसैबाट पति पत्नीको सम्बन्ध समाप्त भएको थियो ।
पत्नीले ससुरामाथि यौन शोषणको आरोप समेत लगाएकी थिइन् । अब भने मुद्दा सर्वोच्चसम्म आइसकेपछि दुवै पक्ष मध्यस्थताका लागि जान चाहन्छन् । सर्वोच्च अदालतले वकिलसँग के उनीहरु सम्झौता गर्नका लागि तयार छन् भनेर सोधेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण