गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजनामा बुढानिलकण्ठमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिका– ४ मा आयोजित कार्यक्रम फाउन्डेसनको आयोजना र नेपाली काँग्रेस बुढानिलकण्ठ नगरपालिका कार्य समिति तथा ४ नम्बर वडा कार्य समितिको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रममा चार सय जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका आयोजकले जनाएको छ । ४ नम्बरका वडा सदस्य राम केसीका अनुसार कार्यक्रममा काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा उपलब्ध गराएका थिए । शिविरमा बालरोग, नाक, कान, घाँटी, स्त्रीरोग, शल्यक्रिया, हाडजोर्नी, आँखा र दाँतको निःशुल्क परीक्षण गरिएको थियो।
त्यस्तै, कार्यक्रममा इसिजी, एक्स–रे, भिडियोएक्स–रे तथा रगत र पिसाबको निःशुल्क परीक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा काठमाडौं मेडिकल कलेजले ल्याबको व्यवस्था गरेको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा कांग्रेस क्षेत्र नम्बर ५ का सभापति श्यामबहादुर खड्का, कांग्रेस क्षेत्र नम्बर ५ (ख)का सभापति तथा ४ नम्बर वडा अध्यक्ष राजु खड्का र वडानम्बर ४ का कांग्रेस सभापति श्याम खड्का लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कानुनी सुधारतर्फ बालेन सरकारले १०० दिनमा के गर्यो ?
-
दैलेख ग्यास भण्डार उपयोगबाट बिजुलीदेखि मलसम्म उत्पादन हुने
-
खानी र खनिज क्षेत्रमा सरकारको कडाइः १२५ अनुमतिपत्र रद्द, २७ सँग स्पष्टीकरण माग
-
त्रिविका ४०० प्राध्यापक कारबाहीमा, १३ करोड २६ लाख राजस्व फिर्ता
-
सुशासन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा सुधारमा सरकारका १३ उपलब्धि सार्वजनिक
-
मलाई अपमानित गर्नेहरू यही बुढाको हड्डी घोटेर मन्त्री र सांसद भए : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण