बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
बिहीबार, २४ चैत २०७८, ०८ : ००
मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको छ । चार बजे बस्ने तय भएको बैठक ढिलो गरी सुरु भएको छ । मन्त्रिपरिषद् बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै विभिन्न निर्णय र नियुक्तिहरू गर्ने बुझिएको छ ।
स्थानीय तह निर्वाचनको मतदान मिति भन्दा कम्तीमा ३५ दिन अघिबाट निर्वाचन आचारसंहिता लागु गर्ने गरिन्छ । निर्वाचन आचारसंहिता तयार भए पनि आयोगले उक्त संहिता लागु हुने मिति अझै तोकेको छैन । आयोगले चैत २५ अर्थात भोलि शुक्रबारबाट लागु हुने गरी आचारसंहिता जारी गर्ने तयारी गरेको छ । आचार संहिता जारी भएपछि सरकारले नियुक्ति, सरुवा, बढुवा लगायतका काम गर्न पाउने छैन । त्यसैले आज बस्ने बैठकले व्यापक रूपमा नियुक्तिहरूको निर्णय गर्न सक्ने एक मन्त्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीले सङ्कलित पुँजीलाई उचित परिचालन गरेनन् : रजिष्टार घिमिरे
-
मातातीर्थ औँसीमा नबिल बैंकद्वारा सन्देशमूलक भिडियो सार्वजनिक
-
कलाकारको मिहिनेत नतिजाले देखाउँछ : प्रदीप खड्का
-
सामाजिक सञ्जालमा ‘आमाको मुख हेर्ने दिन’ किन मनाउने ?
-
लाइसेन्स नलिई ई–रिक्सा तथा टेम्पु चलाउनेमाथि कारबाही
-
जग्गा छ भन्दैमा रुख–बिरुवामा लगानी गर्न भएन : पूर्वअर्थमन्त्री खतिवडा