बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
बिहीबार, २४ चैत २०७८, ०८ : ००
मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको छ । चार बजे बस्ने तय भएको बैठक ढिलो गरी सुरु भएको छ । मन्त्रिपरिषद् बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै विभिन्न निर्णय र नियुक्तिहरू गर्ने बुझिएको छ ।
स्थानीय तह निर्वाचनको मतदान मिति भन्दा कम्तीमा ३५ दिन अघिबाट निर्वाचन आचारसंहिता लागु गर्ने गरिन्छ । निर्वाचन आचारसंहिता तयार भए पनि आयोगले उक्त संहिता लागु हुने मिति अझै तोकेको छैन । आयोगले चैत २५ अर्थात भोलि शुक्रबारबाट लागु हुने गरी आचारसंहिता जारी गर्ने तयारी गरेको छ । आचार संहिता जारी भएपछि सरकारले नियुक्ति, सरुवा, बढुवा लगायतका काम गर्न पाउने छैन । त्यसैले आज बस्ने बैठकले व्यापक रूपमा नियुक्तिहरूको निर्णय गर्न सक्ने एक मन्त्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण