बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

एन्फाको चुनावका लागि बी र सी डिभिजन क्लबको प्रतिनिधि छनोट स्थगित

बिहीबार, २४ चैत २०७८, २० : ४१
बिहीबार, २४ चैत २०७८

अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनको मताधिकारका लागि बी र सी डिभिजन क्लबको निर्वाचन स्थगित भएको छ । एन्फाको निर्वाचन असार ६ गते हुँदैछ । निर्वाचनका लागि बी र सी डिभिजन क्लबको मताधिकारको टुङ्गो आज लाग्ने तय रहेको थियो । 

तर, एन्फा विधान विपरित कार्यसमितिमा रहेका सदस्य क्लबका प्रतिनिधि बनेर आएपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो । बी र सी डिभिजनमा समान १४ क्लब छन् । सीबाट ९ र बीबाट ११ क्लबले एन्फाको निर्वाचनमा प्रतिनिधि छनोट गर्नेछन् ।  एन्फाको नयाँ नेतृत्वका लागि वर्तमान एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा  र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ्ग रहेका छन् । 

सी डिभिजनका क्लबमा नेम्वाङ समूह बलियो छ भने बी डिभिजनमा शेर्पा समूह बलियो छ । एन्फाको आसन्न निर्वाचन असार ६ गते हुँदैछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप