बाजुरामा ४ वैशाखबाट टाइफाइडविरुद्धको खोप
शुक्रबार, २५ चैत २०७८, ०८ : १०
बाजुरामा ४ वैशाखदेखि ८ वैशाखसम्म टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । देशभर आजदेखि १८ वैशाखसम्म खोप अभियान सञ्चालनमा आए पनि बाजुरामा ढिलोगरी अभियान सुरु हुने भएको हो । स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दायकृष्ण पन्तका अनुसार खोप अभियान सञ्चालन गर्न जनशक्ति परिचालन, तालिम तथा खोप केन्द्रको तयारी भइसकेको छ ।
बाजुरामा १५ महिनादेखि १५ वर्ष सम्मका ५९ हजार ३८ जना बालबालिकालाई खोप लगाउने तयारी भएको छ । नेपालमा पहिलो पटक बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको हो । खोप केन्द्र स्वास्थ्य संस्था र विद्यालयमा राखिने भएको छ । जिल्लाका ३ सय ४८ ठाउँमा रहेका खोप केन्द्रमा ३ सय ४८ स्वास्थ्यकर्मी र ६ सय ७६ स्वयंसेवक परिचालन हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण