शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कीर्गिस्तानको लिग विजेता फरवाटरसँग नेपाली फुटसल टिम पराजित

शुक्रबार, २५ चैत २०७८, १३ : ३८
शुक्रबार, २५ चैत २०७८

नेपाली राष्ट्रिय फुटसल टोली कीर्गिस्तानको साविक विजेता फरवाटर एफसीसँग पराजित भएको छ । कीर्गिस्तानस्थित बिस्केकस्थित मेडिकल युनिभर्सिटीमा सम्पन्न खेलमा नेपाली टोली २–० गोलअन्तरले पराजित भएको हो । खेलको २०औं मिनेटमा कीर्गिस्तानी टोलीले खेलमा अग्रता बनाएको थियो । पहिलो हाफमा एक गोलले पछि रहेको नेपालले दोस्रो हाफमा दवाब बनाउँदै उत्कृष्ट पुनरागम गरेको थियो । 

दोस्रो हाफमा खेलमा दवाब बनाए पनि नेपालका तीनवटा प्रहार गोलपोस्टमा ठोक्किएर बाहिरिएका थिए । तर, ४३ औं मिनेटमा कीर्गिज टोलीले काउन्टरमा गोल थप्न सफल भयो । 
त्यसअघि नेपाली टोलीका आदिल अहमदले कर्नरबाट पाएको बललाई पोस्टको दिशा दिँदै गोल गरे पनि त्यसलाई रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् ।

फरवाटर टिमका प्रशिक्षक गफुरोभ रुस्लानले दुबै टोलीले राम्रो खेलको भए पनि आजको खेलमा आफूहरु भाग्यमानी रहेको बताए ।
‘दुबै टोली राम्रा र उस्तै स्तरका थिए । तर आजको खेलमा हामी भाग्यमानी ठह¥यौं । अन्य टिमका लागि नेपाल राम्रो प्रतिस्पर्धी हुन सक्छु,’ उनले भने ।

त्यस्तै नेपाली टोलीका प्रशिक्षक गौरव बस्नेतले मैत्रीपूर्ण खेलमा सुधार भएको बताए । ‘अघिल्लो खेलमा भन्दा राम्रो भएको छ। पहिलो हाफमा केही कमजोरी रहे पनि दोस्रो हाफमा राम्रो पकड बनाउन सक्यौं । मौकाहरु धेरै बनाउन सक्यो। १३÷१४ वटा टार्गेटमा सट प्रहार गरेपनि फिनिसिङ गर्न नसक्दा पराजय ब्यहो-यौं,’ उनले भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप