कीर्गिस्तानको लिग विजेता फरवाटरसँग नेपाली फुटसल टिम पराजित
नेपाली राष्ट्रिय फुटसल टोली कीर्गिस्तानको साविक विजेता फरवाटर एफसीसँग पराजित भएको छ । कीर्गिस्तानस्थित बिस्केकस्थित मेडिकल युनिभर्सिटीमा सम्पन्न खेलमा नेपाली टोली २–० गोलअन्तरले पराजित भएको हो । खेलको २०औं मिनेटमा कीर्गिस्तानी टोलीले खेलमा अग्रता बनाएको थियो । पहिलो हाफमा एक गोलले पछि रहेको नेपालले दोस्रो हाफमा दवाब बनाउँदै उत्कृष्ट पुनरागम गरेको थियो ।
दोस्रो हाफमा खेलमा दवाब बनाए पनि नेपालका तीनवटा प्रहार गोलपोस्टमा ठोक्किएर बाहिरिएका थिए । तर, ४३ औं मिनेटमा कीर्गिज टोलीले काउन्टरमा गोल थप्न सफल भयो ।
त्यसअघि नेपाली टोलीका आदिल अहमदले कर्नरबाट पाएको बललाई पोस्टको दिशा दिँदै गोल गरे पनि त्यसलाई रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् ।
फरवाटर टिमका प्रशिक्षक गफुरोभ रुस्लानले दुबै टोलीले राम्रो खेलको भए पनि आजको खेलमा आफूहरु भाग्यमानी रहेको बताए ।
‘दुबै टोली राम्रा र उस्तै स्तरका थिए । तर आजको खेलमा हामी भाग्यमानी ठह¥यौं । अन्य टिमका लागि नेपाल राम्रो प्रतिस्पर्धी हुन सक्छु,’ उनले भने ।
त्यस्तै नेपाली टोलीका प्रशिक्षक गौरव बस्नेतले मैत्रीपूर्ण खेलमा सुधार भएको बताए । ‘अघिल्लो खेलमा भन्दा राम्रो भएको छ। पहिलो हाफमा केही कमजोरी रहे पनि दोस्रो हाफमा राम्रो पकड बनाउन सक्यौं । मौकाहरु धेरै बनाउन सक्यो। १३÷१४ वटा टार्गेटमा सट प्रहार गरेपनि फिनिसिङ गर्न नसक्दा पराजय ब्यहो-यौं,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण