प्रहरीका ६ सय ७३ जना इन्स्पेक्टरको सरुवा
नेपाल प्रहरीका ३ सय ७३ जना प्रहरी निरीक्षकहरूको सरुवा गरिएको छ । आईजीपी शैलेश थापा क्षेत्रीले बिहीबार इन्स्पेक्टर सरुवाको निर्णय गरेका हुन् । २०७९ वैशाख महिनाको तलव, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरि सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
इन्स्पेक्टर हरिबहादुर बस्नेतलाई इलाका प्रहरी कार्यालय मंगलटार, काभ्रेपलाञ्चोकमा सरुवा गरिएको छ । इप्रका मुग्लिनमा सुनजित तामाङ, कपिलवस्तु स्थित इप्रका कृष्णनगरमा शैलेन्द्र पाण्डे, प्रभाग बलम्बुमा शुभद्रा वाईवा, इप्रका खुर्कोटमा राजेश शाक्य र प्रभाग सानेपामा उमेश गुरुङ (श्रेष्ठ)लाई सरुवा गरिएको छ ।
महानगरीय प्रहरी प्रभाग पुल्चोकमा शान्ता वाइवालाई सरुवा भएको छ । ईलाका प्रहरी कार्यालय मेलम्चीमा उत्तमसिंह भण्डारी, इप्रका बनेपामा नारायण थापा, प्रभाग साँखुमा जनक पुरी र वडा प्रहरी कार्यालय नेपालगञ्जमा रिपेन्द्र कुमारलाई सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण