सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीका ६ सय ७३ जना इन्स्पेक्टरको सरुवा

शुक्रबार, २५ चैत २०७८, १४ : १८
शुक्रबार, २५ चैत २०७८

नेपाल प्रहरीका ३ सय ७३ जना प्रहरी निरीक्षकहरूको सरुवा गरिएको छ । आईजीपी शैलेश थापा क्षेत्रीले बिहीबार इन्स्पेक्टर सरुवाको निर्णय गरेका हुन् । २०७९ वैशाख महिनाको तलव, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरि सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

इन्स्पेक्टर हरिबहादुर बस्नेतलाई इलाका प्रहरी कार्यालय मंगलटार, काभ्रेपलाञ्चोकमा सरुवा गरिएको छ । इप्रका मुग्लिनमा सुनजित तामाङ, कपिलवस्तु स्थित इप्रका कृष्णनगरमा शैलेन्द्र पाण्डे, प्रभाग बलम्बुमा शुभद्रा वाईवा, इप्रका खुर्कोटमा राजेश शाक्य र प्रभाग सानेपामा उमेश गुरुङ (श्रेष्ठ)लाई सरुवा गरिएको छ ।

महानगरीय प्रहरी प्रभाग पुल्चोकमा शान्ता वाइवालाई सरुवा भएको छ ।  ईलाका प्रहरी कार्यालय मेलम्चीमा उत्तमसिंह भण्डारी, इप्रका बनेपामा नारायण थापा, प्रभाग साँखुमा जनक पुरी र वडा प्रहरी कार्यालय नेपालगञ्जमा रिपेन्द्र कुमारलाई सरुवा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप