विमानस्थलमा सुरक्षा जाँचमा कडाई, निगमका ट्यांकरलाई पनि सुरक्षा जाँच
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचमा कडाई गरिएको छ । कोटेश्वर तर्फबाट गएका युवा विमानमा प्रवेश गरेपछि प्रहरीले सुरक्षा जाँचलाई चुस्त बनाएको छ । विमानस्थल प्रवेश गरेर हवाई इन्धन अनलोड गर्ने आयल निगमका ट्यांकरलाई पनि चेकजाँच गरेर मात्र प्रवेश अनुमति दिन थालिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी भीमप्रसाद ढकालले रातोपाटीलाई बताए ।
सिनामंगलस्थित आयल निगम गेट, गोल्डेन गेट, फलामे गेटमा अहिले आयल निगमका ट्याङकरहरु विमानस्थल प्रवेश गर्नुअघि ‘भेहिकल सर्च मिरर’ प्रयोग गरेर चेकजाँच गर्न थालिएको छ ।
हवाई मैदानको पेप्सिकोला तर्फको पार्किङलाई व्यवस्थित गरिएको छ । पेप्सिकोलातर्फ बार बनाएर अनधिकृत मानिस प्रवेश गर्न नसक्ने बनाइएको एसएसपी ढकालले जानकारी दिए । विमानस्थलस्थित ‘इओडी होल्डिङ’ गेटको मुख्य प्रवेशद्वारको भित्रपट्टि पार्किङ एरिया तथा प्रहरी चेक पोष्टको बाटो प्रयोग नगरेर चेकजाँच बिना जानसक्ने अवस्था दीर्घकालीन अन्त्य गर्न प्रक्रिया शुरु गरिएको छ । नागरिक उड्ययन कार्यालयले सो संरचनालाई पुनर्निर्माण गरेर पार्किङस्थल छुट्टै बनाई कर्मचारी समेतलाई प्रहरी पोष्टतर्फ आउने गरी फलामे बार निर्माणको काम शुरु गरेको छ ।
अन्तर्राष्ट्रिय आगमनमा खटिएका पासबाहक कर्मचारी र आगन्तुकलाई एप्रोन हुँदै प्रस्थान क्षेत्रतर्फ जान पूर्ण रुपमा प्रतिबन्ध लगाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आयल निगम गेटमा पास रिडर मेशिन, एक्सरे मेशिन र भेहिकल स्क्यानर मेशिन जडान गर्न नागरिक उड्डयन कार्यालयलाई पत्राचार गरिएको जानकारी दिएको छ । त्यस्तै विमानस्थलको फलामे गेटमा खाना, नास्ता तथा फोहोर स्क्रिनिङको लागि एक्सरे मेशिन जडान गर्न सुरक्षा कार्यालयले विमानस्थल नागरिक उड्यन कार्यालयलाई पत्राचार गरेको छ ।
त्यस्तै, सुरक्षा लाई चुस्त राख्नका लागी प्रहरी कर्मचारीहरुलाई ड्युटीको समयमा अति आवश्यक बाहेक अन्य अवस्थामा मोबाइल फोनको प्रयोग गर्न निषेध गरिएको एसएसपी ढकालले बताए । प्रहरी कर्मचारीलाई दुई महिनादेखि ड्युटीको समयमा मोवाइल चलाउन निषेध गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण