वीरगञ्जको मेयरमा जसपाबाट राजेशमान सिंहको नाम सिफारिस
जनता समाजवादी पार्टी (जसपा) ले वीरगञ्ज महानगरपालिकाको मेयरमा राजेशमान सिंहको नाम सिफारिस गरेको छ । सिंह भर्खरै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी छाडेर जसपामा प्रवेश गरेका नेता हुन् । त्यसअघि उनले बालकोट पुगेर केपी शर्मा ओलीसँग भेट गरेका थिए । एमालेमा प्रवेशको तयारीमै रहेका सिंह अन्ततः जसपामा प्रवेश गरेर मेयरको उम्मेदवार बन्न लागेका हुन् ।
जसपाको बीरगञ्ज महानगरपालिका कमिटीको शुक्रबार बसेको बैठकले सिंहलाई मेयरमा सिफारिस गर्ने निर्णय गरेको अध्यक्ष ईश्वरचन्द्र यादवले जानकारी दिए । सिंह वीरगञ्जको लोकप्रिय नेता भएकाले मेयरमा सिफरिस गरिएको यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
वीरगञ्ज महानगरपालिकाको मेयर पद ०७४ सालको चुनावमा जसपाले जितेको थियो । जसपाबाट जितेका वर्तमान मेयर विजय सरावगी अहिले नेकपा एमालेमा प्रवेश गरेका छन् । सरावगी एमालेबाट मेयरका दाबेदार हुन् ।
आफू एमालेमा जान तयारी गरिरहेका बेला बीरगञ्जकै केही एमाले नेताहरुका कारण प्रवेश असम्भव भएको र उपेन्द्र यादवसँगको कुराकानीपछि जसपामा लागेको सिंहले रातोपाटीलाई बताएका छन् । आफूले वीरगञ्जको मेयर जित्ने उनको दाबी छ ।
देशभरिका ६ वटा महानगरपालिकामा सत्ता गठबन्धनले केन्द्रबाटै गठबन्धन गर्ने तयारी गरिरहेको छ । यसक्रममा भरतपुर महानगरमा माओवादीले दाबी गरेको छ भने बीरगञ्ज महानगरपालिकामा जसपाले दाबी गरेको छ । काठमाडौं, ललितपुर र बिराटनगर महानगरपालिका काँग्रेसले पाउने र पोखरा महानगरपालिका एकीकृत समाजवादीलाई दिने गरी गठबन्धनको गृहकार्य भइरहेको नेताहरुले बताएका छन् ।
यही क्रममा महानगरमा मेयरको उम्मेदवार सिफारिस गर्ने सत्ता गठबन्धनमा जसपा पहिलो दल बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण