निलम्बित गभर्नरको प्रतिक्रिया : छानबिनबारे मलाई जानकारी छैन
शुक्रबार, २५ चैत २०७८, २२ : ०१

सरकारले छानबिन समिति बनाएसँगै निलम्बनमा परेका गभर्नर महाप्रसाद अधिकारीले आफू निलम्बनमा परेकोबारे आश्चर्य व्यक्त गरेका छन् । सरकारको छानबिनमा परेको कुरा आफूलाई थाहा नभएको उनले रातोपाटीलाई प्रतिक्रिया दिए ।
सरकारबाट आफूले आधिकारिक पत्र पाइनसकेको र सञ्चारमाध्यमहरुबाटै यसबारे जानकारी पाएको उनको भनाइ छ । ‘निलम्बन तथा छानविनको बारेमा मलाई केही थाहा छैन । यो कुरा मैले पनि तपाईहरुबाटै थाहा पाउँदैछु’, अधिकारीले भने, ‘के कति कारणले ममाथि छानविन गर्नुपरेको हो, त्यो पत्र पाएपछि थाहा होला । यसबारे अहिले मैले केही बोल्न पनि मिल्दैन ।’
सरकारले अधिकारीलाई अर्थतन्त्र ध्वस्त पारेको तथा गोप्य सूचना चुहाएको आरोपमा छानबिन थालेको हो । छानबिन समिति बनेसँगै उनी स्वतः निलम्बनमा परेका छन् ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशासनका सवालमा माधव आफैँले गरेका थिए नीतिगत निर्णयको ‘परीक्षण’ प्रस्ताव !
-
पीएसजीले च्याम्पियन्स लिग जितेको बारे एम्बाप्पे, ‘कुनै गुनासो छैन’
-
सवारी दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु
-
केनको निर्णायक गोलमा इंग्ल्याण्डको संघर्षपूर्ण जीत
-
मस्कसँगको सम्बन्ध अन्त्य भएको ट्रम्पको घोषणा
-
बौद्धमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु