निलम्बित गभर्नरको प्रतिक्रिया : छानबिनबारे मलाई जानकारी छैन
शुक्रबार, २५ चैत २०७८, २२ : ०१
सरकारले छानबिन समिति बनाएसँगै निलम्बनमा परेका गभर्नर महाप्रसाद अधिकारीले आफू निलम्बनमा परेकोबारे आश्चर्य व्यक्त गरेका छन् । सरकारको छानबिनमा परेको कुरा आफूलाई थाहा नभएको उनले रातोपाटीलाई प्रतिक्रिया दिए ।
सरकारबाट आफूले आधिकारिक पत्र पाइनसकेको र सञ्चारमाध्यमहरुबाटै यसबारे जानकारी पाएको उनको भनाइ छ । ‘निलम्बन तथा छानविनको बारेमा मलाई केही थाहा छैन । यो कुरा मैले पनि तपाईहरुबाटै थाहा पाउँदैछु’, अधिकारीले भने, ‘के कति कारणले ममाथि छानविन गर्नुपरेको हो, त्यो पत्र पाएपछि थाहा होला । यसबारे अहिले मैले केही बोल्न पनि मिल्दैन ।’
सरकारले अधिकारीलाई अर्थतन्त्र ध्वस्त पारेको तथा गोप्य सूचना चुहाएको आरोपमा छानबिन थालेको हो । छानबिन समिति बनेसँगै उनी स्वतः निलम्बनमा परेका छन् ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा सङ्घ र प्रदेशका ऊर्जामन्त्रीहरूको बैठक सुरु
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

