मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

बिच भलिबलको उपाधि पुलिसलाई

शनिबार, २६ चैत २०७८, १६ : ११
शनिबार, २६ चैत २०७८

लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लबले सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पाल्पाको तानसेनस्थित रानी महलमा पूर्व राष्ट्रिय खेलाडी कमला पुन र राष्ट्रिय खेलाडी मनिषा चौधरीको जोडीले लुम्बिनीलाई २१–८, २१–१७ को  पराजित गर्यो । 

प्रतियोगितामा सतप्रतिशत जितसहित फाइनलमा पुगेको पुलिसले समूह चरणमा लुम्बिनीलाई सोझो सेटमा हराएको थियो । यस्तै, लुम्बिनीले क्वार्टरफाइनलमा राष्ट्रिय टोलीकी पूर्व सदस्य रेश्मा भण्डारी र निरुता ठगुन्नाको जोडी सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २१–१७, २१–१३ को सोझो सेटमा हराएको थियो । प्रतियोगिताको विजेता बनेसँगै पुलिसले एक लाख रुपैयाँ प्राप्त गरेको छ। यस्तै, उपविजेतामा चित्त बुझाएको लुम्बिनीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप