बिच भलिबलको उपाधि पुलिसलाई
शनिबार, २६ चैत २०७८, १६ : ११
लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लबले सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पाल्पाको तानसेनस्थित रानी महलमा पूर्व राष्ट्रिय खेलाडी कमला पुन र राष्ट्रिय खेलाडी मनिषा चौधरीको जोडीले लुम्बिनीलाई २१–८, २१–१७ को पराजित गर्यो ।
प्रतियोगितामा सतप्रतिशत जितसहित फाइनलमा पुगेको पुलिसले समूह चरणमा लुम्बिनीलाई सोझो सेटमा हराएको थियो । यस्तै, लुम्बिनीले क्वार्टरफाइनलमा राष्ट्रिय टोलीकी पूर्व सदस्य रेश्मा भण्डारी र निरुता ठगुन्नाको जोडी सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २१–१७, २१–१३ को सोझो सेटमा हराएको थियो । प्रतियोगिताको विजेता बनेसँगै पुलिसले एक लाख रुपैयाँ प्राप्त गरेको छ। यस्तै, उपविजेतामा चित्त बुझाएको लुम्बिनीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण