विकास प्राधिकरणमार्फत बूढीगण्डकी आयोजना बनाउन बाबुरामको प्रस्ताव
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले बूढीगण्डकी बहुउद्देश्यीय परियोजनालाई बृहद बुढीगण्डकी विकास प्राधिकरणमार्फत बनाउन प्रस्ताव गरेका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले चिनियाँ कम्पनीबाट ठेक्का खोसेर सरकार आफैँले बनाउने निर्णय गरेपछि भट्टराईले यस्तो बताएका हुन् ।
ढिलै भएपनि बुढीगण्डकी परियोजना नेपाल आफैले बनाउने निर्णय हुनु सुखद भएको बताउँदै भट्टराईले अब कुन मोडालिटीमा बनाउनेबारे स्पष्ट गरिनुपर्नेमा जोड दिएका छन् ।
बूढीगण्डकी आयोजना बन्ने गोरखाका सांसद समेत रहेका उनले समयमा निर्णय गरेर अघि नबढिए आयोजना निर्माणको कुरा गफमै सीमित हुनसक्नेतर्फ सचेत गराएका छन् । ‘ढिलै भए पनि बुढीगण्डकी परियोजना नेपाल आफैले बनाउने निर्णय हुनु सुखद् छ। तर हामीले शुरूदेखि भन्दै आएको कुरा बुझ्न किन ढिलो भएको हो बुझिनसक्नु छ’, उनले ट्वीटरमा भनेका छन्, ‘अनि कुन मोडालिटीमा बनाउनेबारे मौनता कहिले तोडिने हो ? यो बहुद्देश्यीय परियोजनालाई बृहद बुढीगण्डकी विकास प्राधिकरण मार्फत बनाऔँ, नत्र गफै रहला ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण